मानवसेवा आश्रम पोखरा शाखाले गर्यो एक बर्षमा २५६ बेसहाराको उद्धार,आयव्याय सार्वजनिक


मानवसेवा आश्रम पोखरा शाखाले गर्यो एक बर्षमा २५६ बेसहाराको उद्धार, स्थापना दिवसको अवसरमा आयव्याय सार्वजनिक

मानवसेवा आश्रम पोखरा शाखाले एक बर्षको बर्षमा १५६ जना बेसहारा सडकमानवहरुलाई साहारा दिएको छ । जसमध्ये ५६ जनालाई पारिवारीक पुनर्मिलन समेत गराइएको र दश जना अशक्त बृद्धबृद्धाले सेवाकै क्रममा शरिर छोडेका छन् । घरपरिवार विहिन तथा बेवारिसे आश्रितहरुले आश्रममै शरिर छाडे आश्रमले आवश्यक कानुनी प्रकृया पुरा गरी दाह संस्कार गर्ने गरेको छ ।

१५६ जना बाहेकपनि आश्रमले थप १०० जनालाई अप्लकालिन सेवा दिएको छ । अल्पकालिक सेवा लिनेहरुमा अधिकांश बेसहारा भन्दापनि घरपरिवार हुँदाहुँदै बरालिएर सडकजीवन विताइरहेका र स्वतन्त्र जीवनयापन गर्ने बानी परिसकेका कारण आश्रममा बस्न नचाहनेहरु रहेका  छन् ।


मानवसेवा आश्रम पोखरा शाखाको स्थापना दिवश भव्यताको साथ सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका मानीय भौतिक विकास तथा पुर्वाधार मन्त्री माननीय राम शरण बस्नेतको प्रमुख आतिथ्यता तथा मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनको सभाअध्यक्षतामा सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले मानवसेवा आश्रमले गरिरहेको कार्यको खुलेर प्रशंसा गर्दै संस्थाले कार्यक्रम नै गरेर आयव्याय विवरण सहितको प्रगती प्रतिवेद पेश गरेको प्रती खुशी व्यक्त गरेको थियो ।
साथै मन्त्री बस्नेतले मानवसेवा आश्रमले थालेको मानवीय सेवाको कार्यमा प्रदेश सरकारको सहयोग सदैव रहने प्रतिवद्धता समेत गर्नुभएको छ ।


मानवसेवा आश्रमका केन्द्रिय कोषाअध्यक्ष एवं गण्डकी प्रदेश प्रमुख होमनाथ तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । स्थापना दिवसको अवसर पारेर आश्रम बर्षभरीको आयव्याय विवरण सहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय सुर्य बहादुर के.सी, माननीय प्रदेश सभा सदस्य विन्दु कुमार थापा, मानीय राजीव पहरी, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, मनोवैज्ञानिक  डा. शुशिल कंडेल, मानसेवा आश्रमका अभिभावक, सुभेच्छुक, सहयोगी तथा परोपकारी मनहरुको विशेष उपस्थिती रहेको थियो ।



संस्थाको कोषअध्यक्ष तथा गण्डकी प्रदेश शाखा प्रमुख होमनाथ तिमल्सिनाले आयव्याय विवरण पेश गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार यस आ.व.को पुष मसान्त सम्म २० लाख १० हजार दुई सय पैसठ्ठी रुपैया सहयोग प्राप्त भएको छ भने १८ लाख सैतिस हजार सात सय त्रिपन्न रुपैया खर्च भएको छ । 

यस अघि मानवसेवा आश्रमको सम्पुर्ण शाखाले श्रावण महिनामा आयव्याय तथा प्रगती प्रगती प्रतिवेदन सार्वजनिक गरेको थियो ।