परिवर्तन संविधानको पाना र राज्यव्यवस्थामा होइन, जनताको जीवनमा आउनुपर्छ


न त शिर लुकाउने छानो छ, न  खानको लागी एक छाक अन्न , न त लगाउनको लागि एक सरो कपडा नै, स्वयं आफ्नो लागि आफै केहि गर्न सक्दैनन्, माया प्रेम र स्नेह बाढ्ने परिवार आफन्तको त कुरै छाडौं सामान्य पालनपोषण र हेरचाह गरिदिने समेको कोही छैनन्, सुन्दा पत्याउनै गारो लाग्छ, आङ सिरिङ्ग भएर आइदिनन्छ, उनीहरुको ठाउँमा एक सेकेण्ड मात्र बसेर हेर्ने शाहस कसैले गर्छ भने उसले महशुस गर्न सक्छ, दुनियाँमा पिडा भनेको के हो ? भोक भनेको के हो ? परिवार र आफन्तको आफन्तको महत्व के हुन्छ भनेर ?  

दिशा पिसाव र फोहोरको डङ्गुरमाथि, अशक्त, विछिप्त अनि मनोरोगी शरिर लिएर बाँच्न विवश छन्, मरेको सिनो खाएर, जंगलको बीचमा तड्पीएर, डोरी र साङलोले बाधिएर, चर्पी र गाई गोठमा थुनिएर, कयौंको पिटाई र यातना अनि सडक संघर्षलाई चुपचाप सहेर  मानन्छेकै भेषमा जन्मिएर पनि सामान्य मानिस सरहको जीवन जीउन पाइरहेका छैनन् र आजपनि कयौं मानिस पशुतुल्य जीवन जीउन विवस छन्
आफु स्वयं आफ्नो लागि केहिपनि गर्न नसक्ने र आफ्नो भरणपोषणका लागि सहयोग गर्ने परिवारका अन्य सदस्य समेत  नभई खुला आकाशलाई छानो अनि धर्तिलाई विस्तारा बनाई सडकजीवन विताइरहेका यस किसिमका मानवहरुको संरक्षण र पालनपोषणको जिम्मेवारी आँखिर कस्को ?

मान्छे मार्ने अपराधिलाई समेत जेलमा सुरक्षित रहन पाउने अधिकार रहेको हुन्छ, आवस भोजन अनि उपचारको निशुल्क व्यवस्था गरिएको हुन्छ भने लोक कल्याणकारी राज्यमा किन यस्ता निर्दोश नागरिकहरुले चैत्र वैशाखको प्रचण्ड गर्मी र पुष मागको चिसो ठण्डीमा खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न पर्छ ?
जीवन नै संकटमा परेका यस किसिमको नागरिकहरुको संरक्षण र उद्दार भन्दा ठुलो कार्य राज्यको लागि अरु के हुन सक्छ ?

पुर्खाको वीरता योगदानको गित गाएर मात्र यो हामीले कल्पना गरेको राष्ट्र नेपाल बन्नेवाला छैन, तसर्थ आउनुहोस् सहकार्य गरौं ! संरसारलाई अहिंषा र परोपकारको संदेश छर्न सक्षम तपोभुमी, बुद्धभुमी, देवोभुमी नेपाल, संसारकै उदार र परोपकारी नेपालीहरूले बसोबास गर्ने विश्वकै स्वर्ग नेपाललाई कसैलेपनि एक गाँस भोजन अनि एकसरो कपडाको अभावमा जीवनको भित्र माग्न नपर्ने राष्ट्रको रुपमा विकास गरौं ।

 

आजपनि नेपाल देशको खुला आकाशमनुनी कम्तिमापनि ४००० बढी यस किसिमका मानवहरु नारकिय जीवन विताउन बाध्यछन् । 
उनीहरुको जीवन रक्षाको तपाईपनि कतै सहयोगी बन्न सक्नुहुन्छकी ? ​


सबैको लागि खाना, नाना र छाना हाम्रो चहाना । परिवर्तन संविधानको पाना र राज्यव्यवस्थामा होइन, जनताको जीवनमा आउनुपर्छ । सहयोगापेक्षी सडकमानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रम ।