मानवसेवा संसारकै उत्कृष्ट कार्य: सामाजिक विकास मन्त्री दल बहादुर रावल


सुर्खेत। कर्णाीली प्रदेशका सामाजिक विकास मन्त्री दल बहादुर राउतले मानवसेवा संसारकै उत्कृष्ट कार्य भएको बताउनुभएको छ ।

सहयोग हस्तान्तरण गर्न मानवसेवा आश्रम कर्णाली प्रदेश शाखा सुरखेतमा पुग्नुभएको उहाँले यस्तो बताउनुभएको हो । 

सडकमा कष्टपुर्ण जीवनयापन गर्न बाध्य भएका बेसहाराहरुलाई यसरी व्यवस्थित रुपमा राखेको पाउँदा पाउँदा आफु अत्यन्त खुशी भएको भन्दै उहाँले आश्रमलाई सदैव सामाजिक विकास मन्त्रालयको अभिभावकत्व रहेन बताउनु भएको छ । 

हिंसा पिडीतहरुको लागि पुनस्थापना केन्द्र सञ्चालनको लागि विनियोजित रकम आश्रमलाई हस्तान्तरण गर्न मन्त्री रावल मानवसेवा आश्रम पुगेका थिए । 

मन्त्री रावले आश्रमलाई ५,००,०००/– सहयोग हस्तान्तरण गर्नुभएको छ । हाल मानवसेवा आश्रमको कर्णाली शाखामा २४ जना खुला आकाशमुनी रात विताउन बाध्य भएका बेसहारा सहयोगापेक्षी मानवहरु छन् । हाल हरेकदिन जसो कोही न कोही सहयोगापेक्षी मानवहरुको उद्धार सुरखेतमा भैरहेको मानवसेवा आश्रम कर्णाली प्रदेश प्रमुख सृजना ओली बताउनुहुन्छ । 

प्रदेश सरकार र वीरेन्द्र नगर नगरपालिकाको अभिभावकत्वमा चाडै कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडकमानव रहित प्रदेश निर्माण गर्ने आश्रमको तयारी रहेको छ ।  

सहयोग हस्तान्तरण कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक तथा कर्णली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. मानव बहादुर विके, मन्त्रालयका महिला विकास अधिकृत जमुना पौडेल लगाएत मन्त्रालय परिवारको उपस्थिती रहेको थियो । ​