प्रहरी उपरिक्षकमा बढुवा भएको खुशीयाली मानवसेवा आश्रममा


 
प्रहरी उपरिक्षकमा बढुवा भएको खुशीयाली मानवसेवा आश्रममा 
काठमाण्डौं शाखा​  । मानवसेवा आश्रमको सेवालाई स्थापना कालदेखी नै नजिकबाट नियाँलीरहनुभएका शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक नेत्र बहादुर कार्कीले आफ्नो पदोन्नतिको शुभ अवसरमा मानवसेवा आश्रमको सामाखुशी शाखामा सेवा लिइरहेको सहयोगापेक्षी मानवहरुलाई भोजनसेवा गराउनुभएको हो । 
 
उहाँको केही दिन अघि मात्र प्रहरी नायव उपरिक्षकबाट प्रहरी उपरिक्षक बढुवा भएको थियो। बढुवा भए लगतै उहाँ आफ्नो खुशीयाली आश्रमका आमाबाबासँग बाढ्न मानवसेवा आश्रममा आउनुभएको हो । 
 
आमा पदम कुमारी कार्की, श्रीमती विभुति कार्की र छोरी विविधा कार्कीको साथमा आश्रममा उपस्थित भई मानवसेवा आश्रम सामाखुशीमा लक्ष्मीनारायणहरुलाई  बेलुकाको भोजनसेवा गराउनु भयो । 
 
अझैं १३ बर्ष शशस्त्र प्रहरीमा सेवा अवधि रहदा रहदै उपरिक्षक बन्नुभएका नेत्र बहादुर कार्कीलाई सुन्दर भविष्यको लागि मानवसेवा आश्रमका अभिभावक सुवर्णलाल चित्रकारज्युले सम्पुर्ण आश्रम परिवारको तर्फबाट सुभ-भावना व्यक्त गर्नुभयो । 
 
भोजनसेवा वितरणको क्रममा मानवसेवा आश्रम स्थापनाको समयमा हेटौंडामा यो आश्रम कसरी सञ्चालन होला भन्ने लाग्थ्यो । जतिवेला आश्रम मात्र १ स्थानमा थियो, आज १४ स्थानमा उस्तै शाखाहरु व्यवस्थित ढंगबाट चलिरहेको देख्दा खुशी लाग्छ प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो ।
 
यसरी बेलाबेलामा उपस्थित भएर सेवा गर्न अवसर पाउँदापनि मनमा आनन्द मिल्छ, भन्दै आफु सदैव आश्रमको साथमा रहने बताउनुभएको छ ।  
भोजनसेवा पश्चात् पनि पारिवारीक वातावरणमै आश्रमसँग रमेका उनले आगामी दिनहरुमा पनि आश्रमको हरेक सुख दुःखमा सँगै रहने बताउनुभएको छ ।