देव विकास बैंकद्वारा मानवसेवा आश्रम बुटवलाई ३ लाख सहयोग


मानवसेवा आश्रम ५ नं. प्रदेश शाखा बुटवल   देव विकास बैंकले मानवसेवा आश्रमलाई ३ लाख सहयोग गरेको छ । घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरुको सेवालाई सहज बनाउन आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट आश्रमलाई सहयोग गरेको बताईको छ । 

बैंकले आश्रमलाई थप २ लाख आउदो बैशाख सम्ममा सहयोग गर्ने प्रतिवद्धता समेत गरेको छ ।  सहयोग हस्तान्तरण कार्यक्रममा देव विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद सापकोटा, ए.जि.एम. विष्ण रेग्मी, बुटवल शाखाका म्यानेजर कमल गौतम लगाएतको उपस्थिती रहेको थियो । 
 
कार्यक्रममा बोल्दै देव विकास बैंकका नायव कार्यकारी अधिकृत लक्ष्मी सापकोटाले मानवसेवा आश्रमले गरिरहेको सेवाको प्रशंसा गर्दै बैंकले उपयुक्त स्थानमा सामाजिक उत्तरदायित्वको बहन गर्न पाएकोमा सन्तोषको व्यक्त गर्नुभएको थियो । 
 
सहयोग हस्तान्तरण कार्यक्रमा उपस्थित हुनुभएका सुस्त मनस्थिती बाल मन्दिर, बुटवलका अध्यक्ष लोक नाथ भुसाले बुटवलमा मानवसेवा आश्रमले आफ्नो भवननिर्माण गर्ने सेवा सुरुवात गरे एकओटा कोठा आफुले निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरे । 
 
ओम विकास बैंकका बुटवल शाखा प्रमुख अर्जुन ज्ञावलीले आश्रममा रहेका सहयोगापेक्षी आमाबुबाहरुको सेवालाई सहज बनाउन ७२ इन्चको टिभी गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
हाल मानवसेवा आश्रमको बुटवल शाखामा ४० जना बेसहारा मानवहरुले आश्रय लिइरहेका छन् । ६ जनालाई आश्रमले सुधारपश्चात् परिवार खोजी पारीवारिक पुनर्मिलन गराइसकेको छ । 
 
२०७५ पौष ७ गतेबाट मानवसेवा आश्रमको बुटवल शाखा सञ्चालनमा आएको थियो । बुटवल–८, सुख्खा नगरमा १७ कोठाको घर भाडामा लिएर सेवा सञ्चालन गरेको आश्रमको मासिक घरभाडा बुटवल उपमहानगरपालिकाले सहयोग गर्दै आइरहेको छ । 

५ नं. प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बुटवल उपमाहानगरपालिका र सम्पुर्ण ५ नं. प्रदेशका संघसंस्था र स्थानियवासीहरुको सहकार्यमा ५ नं. प्रदेशलाई यथाशिघ्र बेसहारा रहित बनाइने मानवसेवा आश्रमकी महासचिव तथा ५ नं. प्रदेश संयोजक रूपा के.सी. (शुशीला) बताउनुहुन्छ ।