Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

श्रीमतीको ४५ दिनको तिथिमा मानवसेवा आश्रममा भोजनसेवा


बरिष्ठ हास्य कलाकार तथा माानवसेवा आश्रमका सद्भावनादुत मदनकृष्ण श्रेष्ठज्यूले श्रीमतीको ४५ दिनको तिथिको अवसर पारेर मानवसेवा आश्रम  काठमाडौंमा भोजनसेवा गराउनु भएको छ । श्रीमती यशोदा सुवेदी श्रेष्ठज्यूको ४५ दिनको तिथिको अवसरमा मानवसेवा आश्रम काठमाडौंका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनु भएको हो । 
साथी हरिवंश आचार्यको साथमा छोरा मयन श्रेष्ठ, बुहारी रिंकु श्रेष्ठ बज्रचार्यको साथमा आई उहाँले स्व. श्रीमतीको बैकुण्ठबासको लागि प्रार्थना गरि उहाँले आश्रमका लक्ष्मीनारायणहरुलाई भोजनसेवा गराउनु भएको हो । 
स्व. यशोदा सुवेदी श्रेष्ठज्यूको आत्माले शान्ति पाओस् सम्पुर्ण मानवसेवा आश्रम परिवार ईश्वरसँग प्रार्थना गर्दछौं ।