आश्रित नै आश्रमलाई स्वावलम्बी बनाउन कृषि कर्ममा...(भिडीयो सहित)


मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौंडाका लक्ष्मीनारायणहरु नै आश्रमलाई स्वनिर्भर बनाउन लागिपरेका छन् । हाल हेटौंडामा रहेका १४० जना मध्ये काम गर्न सक्ने ४० जना दैनिक जसो आश्रम परिषरमा कृषि कर्म गर्ने गर्दछन् । लक्ष्मीनारायणहरुले आश्रम परिसरमा रहेका १६ विघा जग्गामा अहिले फलफुल तथा तरकारी खेती गरिरहेका छन् ।

हरेकदिन ४० जना आश्रित सहयोगापेक्षीहरु बारिमा रमाउने गर्दछन् । बारिमा मौसमी तरकारी. फलफुल र केही जडीबुटिहरु समेत रोपिएको छ । धेरैजसो तरकारी आफ्नै बारिमै उब्जाउ हुने र तरकारी व्यवासायीहरूको पनि नियमित सहयोग प्राप्त भैरहेको कारण मानवसेवा आश्रम मुख्यकार्यालयले तरकारीमा खर्च गर्नु परेको छैन ।

हरेकदिन जसो आफ्नै बारिमा फलेको कुरिलो टिपेर ख्वाउन पाइएको छ, मौसमी तरकारीहरू पनि हुन्छ । आँप, लिचि, रुख कटहर र मेवामा फुल खेलिइरहेका छन् । आवश्यक तरकारीको विउँ जमाउन तथा आश्रम परिषरलाई हराबरा बनाउन आश्रममै नर्सरी सञ्चालनमा ल्याइएको छ, आश्रमका मकवानपुर जिल्ला संयोजक उमा भण्डारी बताउनुहुन्छ ।

माटोसँग खेल्नु, फुलबगैंचामा काम गर्नु भनेको प्रकृतीसँग रमाउनु हो । प्रकृतीको काखमा रमाउने मान्छेलाई रोग पनि कम लाग्ने गर्छ, यसरी बारीमा काम गर्दा एककिसिमको व्यायामपनि हुन्छ जसले शरिरलाई स्वस्थ पनि बनाउन । दिनभरी खालि बसे मनोरोगीहरुको मनमा अनेकथरिका विचार आउने र रोग निकोपार्न पनि समस्या हुने भएकोलेपनि उहाँहरुलाई कृषि कर्ममा प्रेरित गरीएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ ।

त्यसमा पनि दिनभरी खाली बस्ने मनोरोगीहरूले परिणाममुखी काम गरे पनि त्यो देखेरैपनि उनीहरु खुशी हुन्छन्, जसले विरामीको आत्मविश्वास बढाउन सहयोग पु¥याउछ । विरामीहरुले पहिले नै सिकेको काम गर्न लगाइयो भने उ त्यसमा रमाउन सक्ने हुँदा यो एक किसिमको थेरापी नै भएको मानवसेवा आश्रमका अभिभावक तथा बरिष्ठ मानसिक रोग विषेशज्ञ डा. कपिलदेव उपाध्याय बताउनुहुन्छ ।

अधिकांश बारी बाँझो छ, युवा बेरोजगार छन्, वातावरण संसारकै उत्कृष्ट छ र पनि बर्षेनी खरबौंको तरकारी र फलफुल विदेशबाट आयात हुन्छ । भएको स्रोत र जनशक्तिको थेरै मात्र प्रयोग गर्न सक्यौं भनेपनि केही बर्षभित्रै आश्रमलाई स्वनिर्भर बनाउन सकिने भएकोले यसतर्फपनि चिन्तन मनन् भैरहेको मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारी बताउछन् ।

हाल आश्रमले एकजना कृषि प्राविधिक नै राखेको छ । बैशाख महिनादेखी कुनैपनि आश्रममा अतिथि सत्कारको लागि खदा र विदेशी मालाको प्रयोग नगर्ने आश्रमको योजना रहेको छ । जसलाई कार्यान्वयन गर्न मकवानपुर, गोरखा र पोखरामा फुल लगाउन थालिएको छ ।