बर्षैदेखी मनोरोगी बनेकी लक्ष्मी घर्तिलाई मानवसेवाले गर्यो उद्धार : कैलाली


४५ बर्षीय लक्ष्मी घर्ति कहिलेदेखी मनोरोगी बनिन् कसैलाई पनि थाहा छैन । उनका श्रीमान् ६५ बर्षका हुँदा लक्ष्मी भने भरखर २० बर्षकी मात्र थिइन् । भएका दुई छोरा र मनोरोगी श्रीमती हेर्नपर्ने श्रीमान् आफैँ ८५ बर्षको उमेरमा एक बर्ष पहिले आत्महत्या गरे । उनकी श्रीमान्ले पहिलो श्रीमतीबाट छोरा नजन्मिएपछि लक्ष्मीसँग दोस्रो विवाह गरेका रहेछन् ।
उमेर बढेसँगै शरिरमा आएको अशक्तताको करण छोराछोरी र श्रीमतीको लागि केही गर्न नसक्ने भएपछि लक्ष्मीका श्रीमान्ले आत्महत्या गरेका रहेनछन् ।

जेठी श्रीमती अलि अघि नै बितिन् । लक्ष्मीका ९ बषर्य र १५ बर्षीय दुई छोरा छन् । छोरोछोरी केही गर्न सक्ने अवस्थामा छैनन् । स्थानिय विद्यालयले पढाइखर्च नलिएको भएपनि अन्य दैनिकी गुजारा चलाउने कुनैपनि स्रोत नभएकोले गाउँलेहरुको दया मायाको भरमा उनीहरुले आफ्नो श्वास जोगाइरहेका रहेछन् । 

सन्तानको हेरचाहको गर्नुपर्ने लक्ष्मी आफै मनोरोगी छिन् । मनोरोगी लक्ष्मी र दुई सन्तानको हेरचाह गरिदिने परिवारमा अन्य कुनैपनि सदस्य छैनन् । लक्ष्मी दिनभर एक मुठी स्याउला च्यापेर जंगल घुम्न जान्छिन् । बेलाबेलामा घर आइपुग्छिन् । 

लम्कीचुवा नगरपालिका छ कान्छिबजारमा उनको सानो एककोठे घर छ । खाने पकाउने केही नभएकोले स्थानिय  विद्याालयले एकओटा ग्याँस चुलो सहयोग गरिदिएको रहेछन् । तर ग्याँस बालिदिने र पकाएर खुवाइदिने भने कोहि छैनन् । 

२० बर्ष अघिदेखी नै मनोरोगी भएकी लक्ष्मीलाई हालसम्म कुनैपनि उपचार गराइएको छैन । 
लम्किचुवा नगरपालिकाका प्रमुख महादेव बजगाईंले आश्रमलाई लक्ष्मीको बारेमा बताउनुभएपछि मानवसेवा आश्रमको उद्धार टोली कान्छिबजार पुगेको थियो । 

लक्ष्मी र उनको परिवारको अवस्था अवलोकन गर्न कान्छिबजार गएको तर लक्ष्मी र उनको परिवारको अवस्था अत्यन्त कहालीलाग्दो पाइएपछि उनलाई उद्धार गरी आश्रम कैलाली शाखामा ल्याईएको मानवसेवा आश्रम प्रदेश संयोजक सृजना ओली बताउनुहुन्छ  । 

थप जानकारीको लागि : 
मानवसेवा आश्रम कैलाली प्रदेश:  ९८५५०७६००१, ९८५५०७६०१३
स्थानिय समाजसेवी रमेश रावलः ९८४८३०८१९, श्री रणबहादुर साही : ९८४८४२७०४