मानवसेवा आश्रम कैलली शाखाद्वारा ३ बेसहारा सहयोगापेक्षी सडकमानवको उद्दार


कञ्चनपुरको विभिन्न सडकपेटीबाट मानवसेवा आश्रमले ३ जना बेसहारा सहयोगापेक्षीको उद्धार गरेको छ । घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरुको अवस्था अध्ययनको लागि कञ्चनपुर पुगेको मानवसेवा आश्रमको उद्धार टोलिले  १ अशक्त र २ जना बेवारिसे मनोरोगी युवालाई उद्धार गरी संरक्षण दिएको हो । 

करिब १५ बर्षदेखी कञ्चनपुरमा रिक्सा चलाउदै आइरहेका मोहन दमाईको करिब ७ वर्ष अघि कम्मरको हड्डी भाचिएपछि उनी आफै पालिन नसक्ने भएका थिए । परिवारको अन्य कुनैपनि सदस्यहरु नभएकोले बजार क्षेत्रमा बैशाखीको साहाराले घिस्रदै बाटो हिड्ने बटुवाको दया मायाको कारण जीवन जसोतसो चलाउदै आइरहेका थिए । 

सडकपेटीमा बाध्यात्मकरुपमा कष्टपुर्ण जीवनयापन गर्दै आइरहेका मोहन दमाईलाई सडकको अवस्था अध्ययनको क्रममा रहेका मानवसेवा आश्रमको अभियान्ता टोलिले फेला पारेपछि उद्धार गरी आश्रमको सुदुरपश्चिम शाखा धनगढीमा लेराइएको थियो ।  

त्यस्तै आश्रमले कञ्चनपुरकै शुक्लाफाट नगरपालिका झलेरीबाट दुई जना मनोरोगी युवालाई उद्धार गरी संरक्षण प्रदान गरेको छ । 
होटलले फालेको जुठो चाउमीन खादै गरेको अवस्थामा भेटीएका अन्दाजी ३४ बर्षीय ती युवाले आफुबारे केही बताउन सकेनन् । उनको घर दाङ वा कपिलवस्तु हुनसक्ने अनुमान गरिएको छ । 

चैत्र बैशाखको प्रचण्ड गर्मिमा समेत करिब १५ जोर बढी पुराना बाक्ला कपडामा रहने उनको त्यो विजोग आफुले करिब ३,४ महिनादेखी  झलारी क्षेत्रमा देख्ने गरेको र केहीपनि गर्न नसक्दा मन खिन्न हुनेगरेको एक स्थानिय हाडवेयर व्यापारीले बताउनुभयो । 
उनलाई मानवसेवा आश्रमले स्थानिय प्रहरीको सहयोगमा उद्धार गरी मानवसेवा आश्रम प्रदेश शाखा धनगढी ल्याइएको मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश संयोजक सृजना ओलीले बताउनुभयो । 

त्यस्तै शुक्लाफाट नगरपालिकाबाट लमजुङ घर बतोउने अर्का मनोरोगी युवालाई पनि आश्रले उद्धार गरेको छ । उनी कवित एक बर्षदेखी सो क्षत्रमा कष्टपुर्ण जीवनयापन गर्दै आइरहेको स्थानियहरु बताउछन् । उद्धार गरिएका दुवै मनोरोगी युवाको हालसम्म पहिचान खुल्न सकेको छैन । 

उपचार पश्चात दुवै मनोरोगी युवालाई परिवार खोजि परिवारमा पारिवारीक पुनस्र्थापना गरिने मानवसेवा आश्रम कैलाली जिल्ला संयोजक आदर्श ढकाल बताउनुहुन्छ ।