कैलालीको सडकपेटीबाट एक मनोरोगीको उद्धार


मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखा कैलालीले गेटा आँखा अस्पताल नजिकबाट एक मनोरोगी युवाको उद्धार गरेको छ ।
एक्लै बाटोमा बरबराउदै हिडिरहेको अवस्थामा उनलाई मानवसेवा आश्रमको उद्धार टोलिले फेला पारेको थियो । लालपुर घर बताएपनि परिवारबारे कुनै जानकारी हालसम्म खुलेको छैन । उनी आफ्नो नाम पदम दमाई भएको बताउछन् ।
अन्दाजी ५० बर्षीय पदम दहाइलाई आफु कहिलेबाट सम्पर्क विहिन भए भन्ने कुराको कुनै पत्तो छैन । मानवसेवा आश्रमको सुदुरपश्चिम शाखाले उनको उपचार सुरु गरेको छ ।
मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखा कैलालीमा विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलहरुबाट उद्धार गरिएका १७ जना बेसहाराहरुले हाल संरक्षण लिइरहेका छन् ।