मानवसेवा आश्रम सुदुर पश्चिम शाखाको औपचारिक समुद्घाटन बैशाख ३१ गते हुने


मानवसेवा आश्रमको सुदुरपश्चिम शाखाको औपचारिक समुद्घाटन बैशाख ३१ गते हुने भएको छ ।
सुदुरपश्चिम् प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी ज्युको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा माननीय कृष्णराज सुवेदी ज्यु, मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्यु, केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीज्युले आश्रमको आश्रमको सुदुरपश्चिम प्रदेश शाखाको औपचारिक समुद्घाटन गर्ने कार्यक्रम रहेको मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश संयोजक सृजना ओलीले बताउनुभयो ।
कार्यक्रममा कैलाली जिल्लाका सम्पुर्ण स्थानिय तहका प्रमुखहरु, प्रदेश सांसदज्युहरु, प्रशासकहरु, उद्योगी, व्यवसायी, पत्रकारज्युहरु र स्थानिय भद्र भलाद्मी तथा समाजसेवीहरुलाई निमन्त्रणा गर्ने कार्य भैरहेको आश्रमका कैलाली जिल्ला संयोजक आदर्श ढकाल बताउनुहुन्छ ।
कार्यक्रम बैशाख ३१ गते मंगलबार मानवसेवा आश्रम तारानगर कैलालीमा हुनेछ ।
कुनैपनि वैदेशिक दातृनिकायहरुको सहयोग नलिइकन २०८२ मानिसकै भेषमा जन्मिएरपनि सामान्य मानवसरहको जीवन जीउन नपाइरहेका मानवहरुको मानवोचित व्यवस्थापन गराई बेसहारा तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी मानवहरु रहित राष्ट्र नेपाल निर्माण गर्ने मानवसेवा आश्रमको लक्ष्य रहेको छ ।
हाल देशभर १२ जिल्लमा १४ ओटा शाखाहरु सञ्चालनमा ल्याएको मानवसेवा आश्रमले ८०० जना खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानवहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।७०० बढीलाई सुधारपश्चात् पारिवारीक पुनर्मिलन गराइएको छ ।

२०६९ भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट विधिवतरुपमा सञ्चालनमा आएको यस आश्रमकै पहलमा मकवानपुर जिल्ला देशकै पहिलो घरबार विहिन, बेसहारा तथा जीवन नै खोखिममा रहेका सहयोगापेक्षी सडकमानव रहित जिल्ला घोषणा भैसकेको छ ।
सुदुर पश्चिम प्रदेश सरकार र प्रदेशभित्र रहेका स्थानिय निकायहरुको साथ र सहयोग रहेमा आगामी बर्ष भित्रै सुदुरपश्चिम निर्माण गर्न सकिने मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, हामी १०० बढी युवाहरु बेसहारा रहित राष्ट्र नेपाल निर्माणका लागि स्वयंसेवकको रुपमा समर्पित भएका छौं । देशभर नै अभियान सञ्चालनमा छ । हामी सहयोगी बन्न चहान्छौं, सरकारले हामीलाई सदुपयोग गर्दा हुन्छ ।
करिब ५ महिना अघि अनौपचारिक रुपमा धउमनपा–५, तारानगरमा राष्ट्रिय नि.मा.वि. पछाडी मानवसेवा आश्रमले सुदुरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याएको थियो । १२ कोठाको ३ तल्ले घर भाडामा लिएर सञ्चालनमा ल्याइएको हो । हाल यस शाखामा २० जना बेसहराहरुले संरक्षण लिइरहेका छन् ।