मानवसेवा आश्रम सुदुरपश्चिम शाखाको समुद्घाटन, प्रदेशलाई एक बर्षभित्रै बेसहारा रहित बनाइने ।


 
मानवसेवा आश्रम सुदुरपश्चिम शाखाको समुद्घाटन, प्रदेशलाई एक बर्षभित्रै बेसहारा रहित बनाइने ।
 
३१, बैशाख २०७५
मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश शाखाको औपचारिक समुद्घाटन आज एक समारोहवीच सम्पन्न भएको छ । मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्युको सभाअध्यक्षता तथा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीज्युको प्रमुख आतिथ्यतामा आश्रम परिषर, धनगढी तारानगरमा सम्पन्न भएको हो । 

समारोहमा मन्त्री सुवेदीले प्रदेश सरकारले घरबार विहिन, बेसहारा तथा असहाय नागरिकहरुको जीवन रक्षाको लागि अभिभावकत्व लिन तयार रहेको बताउनुभएको छ ।
उहाँले प्रदेशभर रहेका सहयोगापेक्षी मानवहरुको व्यवस्थापनमा मानवसेवा आश्रम र आश्रमजस्तै प्रकृतिका अन्य संघसंस्थाहरुसँग समेत सहकार्य गरिने बताउनुभएको छ । 

कार्यक्रमलाई संबोधन गर्नुहुँदै सामाजिक विकास मन्त्री कृष्णराज पोखरेलज्यु

मानवसेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीज्युले २०८२ सालभित्र नेपाललाई नै घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानवहरु रहित नेपाल निर्माण गर्न आश्रम प्रतिवद्ध रहेको र यदि सबैको साथ र सहयोग रहेमा आगामी एक बर्षभित्र नै बेसहारा रहित सुदुरपश्चिम प्रदेश शाखा घोषणा गर्न सकिने बताउनु भएको छ।
 
मानवसेवा आश्रमकै प्रेरणाको कारण अफु निर्वाचित भएलगतै धनगढीलाई मानवीयताको शहर बनाउने निर्णय उपमहानगरपालिकाले गरेको बताउदै आश्रमको सदुरपश्चिम प्रदेश शाखा विस्तार हुनुले मानवताको क्षेत्रमा थप योगदान पुगेको नगर प्रमुख वर्डज्युले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिकाको प्रमुख वर्डज्युले मानवसेवा आश्रमले समान उद्देश्य भएका संस्थाहरुसँगको एकता र सहकार्य भए स्थानिय तहलाई योजना बनाउन सहज हुने बताउनुभएको छ । 
कार्यक्रमलाई संबोधन गर्नुहुँदै धनगढी उपमहानगरपालिकाका मेगर नृप बहादुर वर्डज्यु
 
आज सम्पन्न भएको प्रदेशशाखा समुद्घाटन समारोहमा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वर्डज्यु, उपप्रमुख शुशिला मिश्र भट्टज्यु, प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद विडारीज्यु, प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपाल प्रसाद अर्यालयज्यु, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरज्यु, संघिय प्रहरी कार्यलय, सुदुरपश्चिम प्रदेशका प्रहरी उपरिक्षक देव बहादुर बोगटीज्यु लगाएत एक सय बढी कैलाली जिल्लामा विभिन्न सामाजिक, धार्मिक, साम्प्रादायिक संघसंस्थाहरुको प्रमुख एवं प्रतिनिधिज्युहरुको उपस्थिती रहेको थियो । 
 

 
कार्यक्रम आश्रमकी सुदुरपश्चिम प्रदेश संयोजक सृजना ओलीले सञ्चालन गर्नुभएको थियो ।
१८०० बढी घरबार विहिन, बेसहारा तथा परित्यक्त नागरिकहरुलाई सेवा गरिसकेको यस आश्रमले हाल ६ प्रदेशमा १२ जिल्लामा १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
 
मनवसेवा आश्रमले ५ महिना अघि अनौपचारिकरुपमा सुदुरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याएको थियो । हाल यस शाखामा १८ जना बेसहारा मानवहरुले संरक्षण पाइरहेका छन् भने श्रावण अघिनै १ नं. प्रदेशमा पनि शाखा विस्तार गरिने १ नं. प्रदेश संयोजक नवराज के.सीले बताउनुभएको छ ।