कृर्षि विकास बैंक केन्द्रिय पदाधिकारी मानवसेवा आश्रममा, पहिलो भेटमा एक लाख सहयोग ।


 

आश्रमलाई सहयोग हस्तान्तरण गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायज्यु
 
कृर्षि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय सहित केन्द्रिय टिमले मानवसेवा आश्रम मकवानपुरको अवलोकन गर्नुभएको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोग एवं सहकार्यका लागि प्रमुख सहितको केन्द्रिय टोलिले मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुरको अवलोकन भ्रमण गर्नुभएको हो ।
 

 
अवलोकन भ्रमणको क्रममा बैंकका कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायज्युले एक लाख सहयोग आश्रमलाई हस्तान्तरण गर्नुभएको छ ।
मानवसेवा आश्रमले मानवता प्रवद्धनको क्षेत्रमा पुर्याइरहेको योगदान प्रशंसनिय रहेको बताउदै प्रमुख उपाध्यायले यस भन्दा अघिपनि बैंकले आश्रमलाई केही सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो – “सुरुवातका बर्षहरुमा पनि कृर्षि विकास बैंकको धेरथोर सहयोग आश्रमलाई रहेको छ र आगामी दिनहरुमा पनि बैंक साथमा रहन्छ ।"
अवलोकन भम्रण टोलिमा उप महाप्रवन्धक श्री पूर्ण प्रसाद आचार्यज्यु, प्रताप सुवेदीज्यु, विभागिय प्रमुख श्री बाबुकाजी थापाज्यु लगाएत उच्च पदिय कर्मचारिहरु रहनुभएका थिए ।

मानवसेवा आश्रमको अवलोकन भ्रमणको समन्वय कृर्षि विकास बैंक मकवानपुर शाखाका प्रबन्धक तथा मानवसेवा आश्रमका अभिभावक नुर प्रसाद गौतमज्युले गर्नुभएको थियो ।