मानवसेवा आश्रम ५ नं. प्रदेश शाखा समुद्घाटन, बेसहारा रहित प्रदेश बनाउछौं, मन्त्री बराल


"बेसहारा रहित प्रदेश निर्माणको लागि प्रदेश सरकारको प्रार्थमिकता, निति र बजेटमार्फत सम्बोधन गछौं ।", – सामाजिक विकास मन्त्री सुदर्शन बराल

मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाको औपचारिक समुद्घाटन भएको छ ।  ५ नं. प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री शुदर्शन बरालको प्रमुख आतिथ्यतामा आज आश्रमले एक समारोहवीच आश्रमको समुद्घाटन गरेको हो ।
सहयोगापेक्षी सडकमानव रहित प्रदेश निर्माणका लागि मानवसेवा आश्रमको अहम भुमिका रहने बताउदै मन्त्री बरालले अव आश्रमको स्थायित्वको लागि संस्थाको आफ्नै संरचना निर्माण गर्न सबै जुट्नुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले ५ नं. प्रदेशभित्र करिब १ बर्ष अगाडीदेखी नै आश्रम सक्रिय रहेको भएपनि आश्रमको सेवा सञ्चालनको लागि जग्गा उपलब्ध गराउन नसकिएको प्रति दुःख लागेको बताउदै, सेवा घर निर्माणको लागि आवश्यक जग्गाको वन्दोवस्त गरिदिन स्थानिय निकायको ध्यानाकर्षण गराए ।


सहयोगापेक्षी सडकमानव रहित प्रदेश निर्माण प्रदेश सरकारको पनि प्राथमिकतामा परेको हुनाले सरकारको निति र बनेट मार्फत पनि यस विषयलाई सम्बोधन गरिने मन्त्री बरालले आश्वसन दिनुभएको छ ।


मानवसेवा आश्रमका महासचिव तथा ५ नं. प्रदेश संयोजक रुपा के.सी.ज्युले सञ्चालन गर्नुभएको कार्यक्रम आश्रमका प्रमुख संरक्षक तथा मातृ संस्था सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनका संस्थापक डा. गोविन्द टण्डनज्युको सभाअध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा बुटवल नगरपालिकाका प्रमुख शिव सुवेदीज्युले मानवीय सेवाको क्षेत्रमा मानवसेवा आश्रमले खेल्दै आइरहेको भुमिकाको प्रशंसा गर्दै अव आश्रमले कोहिपनि नागरिक सडक जीवन विताउन बाध्य नहुर्ने अवस्थाको सृजना गर्नेतर्फ पनि थप सशक्त भएर लाग्नुपर्ने धारण राख्नुभएको थियो ।


मानवसेवा आश्रमका परिकल्पनाकार एवं केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारीज्युले कार्यक्रममा आश्रमले राष्ट्रब्यापीरुपमा गर्दै आइरहेको सेवाहरु र भावी योजना राख्नुभएको थियो ।२०८२ सालभित्रै नेपाललाई बेसहारा रहित राष्ट्र नेपाल निर्माण गर्ने योजना रहेको भएपनि यसलाई जतिसकिन्छ नजिक्याउन गृहकार्य भैरहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

 


उहाँले भन्नुभयो, “हामी हाम्रै तहबाट सेवा अघि बढाउने हो भने वि.स. २०८२ लाग्न सक्छ, तर सरकारको अभिभावकत्व परिणाम देखिनेगरी रहने हो भने  एक दुई बर्ष भित्रै नेपाल भित्र सडकपेटी र सार्वजनिक स्थलहरुमा कोहीपनि भोकै र नाङ्गै रहनु नपर्ने अवस्था सृजना गर्न सकिन्छ ।”


४०० बढी आश्रमका सुभेच्छुक, सहयोगी, अभिभावक तथा सामाजिक अभियान्ताहरुको उपस्थिती रहेको कार्यक्रममा आश्रमको बालशाखा गोरखामा आश्रय लिइरहेका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।