बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित, थैली मानवसेवा आश्रमलाई


मदनकृष्ण श्रेष्ठलाई दिर्घ साधना सम्मान, पुरस्कार राशी मानवसेवा आश्रमलाई
१४ जेठ २०७६
बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ दिर्घ साधना पदकबाट सम्मानित हुनुभएको छ । श्रेष्ठलाई रेडीयो अन्नपुर्णले आफ्नो ५ औं स्थापना दिवसको अवसरमा सम्मान गरेको हो । 

बरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठले सम्मानको साथ प्राप्त ५० हजारको थैली मानवसेवा आश्रमलाई हस्तान्तरण गर्नुभएको छ । 

मानवसेवा आश्रमले देशव्यापीरुपमा सञ्चालन गर्दै आइरहेको मानवीय सेवाको कार्यलाई सहयोग पुगोस् भन्ने मनसायले सम्मान राशी आश्रमलाई हस्तान्तरण गरिएको कलाकार मदनकृष्ण श्रेष्ठले बताउनुभयो । 

मह जोडी मानवसेवा आश्रमको सद्भावना दुत समेत हुनुहुन्छ ।