सामाजिक अभियान्ता रामजी अधिकारी १ नं. प्रदेश आउँदै, एक महिनाभित्रै मानवसेवा आश्रम प्रदेश शाखा सञ्चालनमा ल्याइने


अभियान्ता रामजी अधिकारीबारे थप जानकारीको लागि यस फोटोमा क्लिक गर्नुहोस् ।


सामाजिक अभियान्ता रामजी अधिकारी मानवसेवा आश्रम १ नं. प्रदेश शाखा सञ्चालनका लागि विराटनगर आउने भएका छन् । अधिकारी खुला आकाशमूनी रात विताउन विवश बेसहारा तथा परित्यक्त सहयोगापेक्षी सडकमानव रहित राष्ट्र निर्माणको लक्ष्य राखी देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहको मानवसेवा आश्रमका परिकल्पनाकार तथा केन्द्रिय संस्थापक अध्यक्ष हुन् ।

उहाँले १८ गते लाएन्स क्लव अफ स्मार्ट सिटीको आयोजनामा इटहरीमा हुन लागेको मानवसेवा आश्रम १ नं. प्रेदेश शाखा विस्तार तथा सहयोगापेक्षी सडकमानव व्यवस्थापनका लागि सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्नुहुनेछ ।


त्यसपश्चात् विभिन्न संघसंस्थाहरुका उत्प्रेरणात्मक एवं सकारात्मक सोच विकास तथा मानवता प्रवद्र्धनका कार्यक्रमहरुको सहजीकरण गर्नुहुनेछ । आश्रमले एक महिना भित्रै १ नं. प्रदेशमा आफ्नो सेवा विस्तार गर्नेछ ।
 

मानवसेवा आश्रमका केन्द्रिय सचिव सुमन बर्तोला र १ नं. प्रदेश संयोजक नवराज के.सी. दुई दिन देखिनै विराटनगरमा छन् । विराटनगरमा रहेका सहयोगी, सुभेच्छुकहरुको साथमा शाखा विस्तारको लागि गृहकार्य गरिरहेका उनीहरुले १ नं. प्रदेशमा आश्रमको शाखा सुरुवात गरेर मात्र फर्किने योजना बनाएका छन्।

१ नं. प्रदेश सरकार पनि बेसहारा तथा खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवहरुको व्यवास्थापनको लागि अत्यन्त उत्साहित रहेको र आफ्नो निति र बजेटबाटै यस विषयलाई सम्बोदन गरेर जाने आश्वसन १ नं. प्रदेश सरकारका माननीय समाजिक विकास मन्त्री जीवन घिमिरेले दिनुभएको आश्रमका १ नं. प्रदेश संयोजक नवराज के.सी. बताउछन् ।

मकवानपुर जिल्लालाई देशकै पहिलो बेसहारा रहित जिल्ला घोषणा गराउन सफल मानवसेवा आश्रमले पशुपति मन्दिर काठमाण्डौंलाई पशुपति क्षेत्र विकास कोषण्को सहकार्यमा बेगरलेस जोन बनाएको छ ।

हाल १ नं. प्रदेश बाहेक अन्य सम्पुर्ण प्रदेशहरुमा मानवसेवा आश्रमको प्रदेशशाखाहरु सञ्चालनमा रहेको छ । १४ ओटा आश्रमहरु सञ्चालन गरिरहेको मानवसेवा आश्रममा हाल ८५० बढी खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरु आश्रित रहेका छन् ।
 

मानवसेवा आश्रमले हालसम्म सम्पन्न गरेका मुख्य कार्याहरु यसप्रकार रहेको छ :
१) मकवानपुर जिल्लालाई देशकै पहिलो सहयोगापेक्षी सडकमानव रहित जिल्ला घोषणा गराइएको ।
२) गोरखा नगरपालिकालाई सहयोगापेक्षी सडकमानव रहित नगरपालिका घोषणा गराइएको ।
३) भरतपुर, ललितपुर, पोखरा र वीरगञ्ज महानगरपालिका र बुटवल उपमहानगरपालिका करिब करिब सहयोगापेक्षी सडकमानवहरु रहित बनिसकेको ।
४) गोरखा, बागलुङ, लमजुङ र चितवन जिल्ला सहयोगापेक्षी सडकमानवरहित जिल्ला निर्माण भैसकेको र औपचारीक रुपमा घोषणा गराउन मात्र बाँकी रहेको ।
५) मानिसहरुमा सहयोगापेक्षी सडकमानवहरुको यथार्थ  अवस्था र उनीहरुप्रति आम नागरिकको भुमीकाको महसुस गराउन २,००,००० (दुई लाख बढीको माझमा विभिन्न उत्प्रेरणात्मक एवं जीवन रुपान्तरण कार्यक्रमहरु सञ्चालन गरीएको ।
६) मकवानपुरको हेटौंडामा संस्थाको आफ्नै भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, भरतपुरको चितवनमा ८ कट्ठा जग्गा करिब २२ करोड मुल्य बराबरको आश्रमलाई दानस्वरुप प्राप्त भएको, काठमाण्डौं, ललितपुर, बुटवल, वीरगञ्ज र गोरखामा संस्थाको भवननिर्माणको लागि जग्गा प्राप्त गर्न सम्बन्धित सरोकारवालाहरुसँग निरन्तर समन्वय र अन्तरक्रिया भैरहेको ।
७) पशुपति क्षेत्र विकास कोषलाई विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रलाई मगन्ते रहित क्षेत्र
(Beggar Less Zone) घोषणा गराई त्यस क्षेत्रमा रहेका सहयोगापेक्षी मानवहरुलाई संरक्षण प्रदान गर्दै आइरहेको ।
८) युवाहरुमा सामाजिक भावनाको विकास गराई सामाजिक अभियान्ता निर्माण गर्न विभिन्न समयमा ज्ञान हस्तान्तरण कार्यक्रमहरु सञ्चालन भैरहेको र हाल उक्त कार्यक्रमबाट दिक्षित भै १०० जना बढी समर्पित अभियान्ताहरु मनवसेवा आश्रममा समर्पित रहनुभएको ।
९) १) प्रदेश नं. ३ मा मकवानपुरको हेटौंडा, चितवनको भरतपुर, काठमाण्डौंको सामाखुशी र बुढानिलकण्ठ, ललितपुरको हात्तिवनमा, प्रदेश नं. ४ मा कास्कीको पोखरा, गोरखाको गोरखा बजार, बागलुङ बजार, लमजुङको वेशिसहरमा, ५ नं. प्रदेशको रुपन्देही बुटवलमा, ६ नं. प्रदेशको सुरर्खेत वीरेन्द्रनगरमा, प्रदेश नं. ७ को कैलालीको धनगढी र प्रदेश नं. २ को पर्सा वीरगञ्मा मानवसेवा आश्रमका शाखाहरु सञ्चालनमा रहेको छ ।
संस्थाको भावि योजना :
यथाशिघ्र नेपाललाई कोहीपनि मानिस भोकै र नाङै रहनुनपर्ने राष्ट्रको रुपमा अन्तराष्टिय स्तरमा नेपालको पहिचान स्थापित गराउन प्रयत्नशिल रहने । नेपाललाई मानवीयता प्रति अत्यन्त संवेदनशिल र सतर्क राष्ट्र
(The Country Of Humanity, Nepal) निर्माण गर्ने ।