थाइल्याडकी बडामहारानीको जन्मदिन मानवसेवा आश्रममा, दुतावासले गर्यो यस्तो सहयोग ।


थाइल्याण्डकी बडामहारानी सुथिदा बज्रसुधाविमलालक्षणको जन्मदिन थाई दुतावासले मानवसेवा आश्रमलाई सहयोग गरेर मनाएको छ । दुतावासले बडामहारानीको जन्मदिनको अवसरमा सामाखुशी शाखामा रहेका सम्पुर्ण लक्ष्मीनारायणहरुको लागि एकदिन भरीको भोजनसेवा गराएको हो । साथमा ५० हजार बढीको सहयोग सामाग्री समेत सहयोग गरेको छ ।


नेपालका लागि थाई दुत भागवत तान्सकुल सहितको दुतावस परिवारले आश्रमलाई यस्तो सहयोग उपलब्ध गराएको हो । त्यस्तै थाई एयरवेयजले पनि आश्रमलाई बडामहारानीको जन्मदिनको अवसर पारेर १० हजार रुपैया सहयोग उपलब्ध गराएको छ । कार्यक्रममा दुतावास परिवार र एयरवेयज परिवारका करिव २५ जनो उपस्थिती रहेको थियो ।

सहयोग हस्तान्तरणको क्रममा दुत भागवत तान्सकुलले आगामी दिनहरुमा पनि यस्ता अवसर र पर्वहरुमा आश्रमलाई सम्झने बताउनुभएको छ ।
मानवस्ेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन, अभिभावक सुरेशमान श्रेष्ठ, सुवर्णलाल चित्रकार, रमा अर्याल, यशोदा बर्तौला, सुरेन्द्र रिमाल लगाएतका महानुभावहरको कार्यक्रममा उपस्थिती रहेको थियो ।