धनगढी सडकपेटीबाट एक मनोरोगी युवाको उद्धार


मानवसेवा आश्रमले धनगढी सडकपेटीबाट एक मनोरोगीको उद्धार गरेको छ । राजेन्द्र चौधरी नाम बताउने अन्दाजी २७ बर्षीय मनोरोगी युवा आफ्नो घरपरिवार र आफन्तबारे केही बताउन सक्दैनन् ।


उनलाई मानवसेवा आश्रमको सुदुरपश्चिम प्रदेश शाखा कैलालीले उद्धार गरि संरक्षणमा लिएको हो । स्वास्थ्य उपचार पश्चात् परिवार खोजेर पारिवारीक पुनर्मिलन गराइने मानवसेवा आश्रमका कैलाली जिल्ला संयोजक आदर्श ढकाल बताउछन् ।


हाल राजेन्द्र सहित १७ जना बेसहारा सडकमानवहरुले सहारा लिइरहका छन् । मानवसेवा आश्रमले सुदुरपश्चिम प्रदेश शाखा बेसहारा रहित सुदुरपश्चिम प्रदेश निर्माण गर्ने उद्देश्यसाथ २०७६ बैशाख ३१ गतेबाट औपचारिकरुपमा सञ्चालनमा ल्याएको थियो ।