गणतन्त्र दिवस मनाउन प्रदेश सरकार मानवसेवा आश्रममाः ९० जना बेसहाराको स्वास्थ्य परिक्षण


गण्डकी प्रदेशले गणतन्त्र दिवसको अवसरमा मानवसेवा आस्रमको ९० जना परिवारलाई नि:शुल्क स्वास्थ्य परिक्षण सहित फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको आयपजना तथा सामाजीक विकास मन्त्रालयको व्यवस्थापनमा मानवसेवा आश्रममा सो कार्यक्रम सम्पन्न भएको हो ।

आश्रममा रहेका सबैको स्वास्थ्य परीक्षण गरिएको छ । रगत, पिसाव, रक्तचाप लगायत परीक्षण गरिएको छ । ५ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएको र मन्त्रालयले सहयोग गर्ने वरिष्ठ कविराज निरीक्षक नविन किरण भुषालले जानकारी दिए । बिरामीको लागि आवश्यक औषधी पनि उपलव्ध हुनेछ । खेमराज अधिकारी, अमृत पोखरेल, शरण लामिछाने लगायतका चिकित्सकको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । 

स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव सेवन आश्रमलाई सहयोग गर्नु सरकारको पनि दायित्व रहेको र कुनै न कुनै तरिकाले नीति तथा कार्यक्रममा समेट्ने बताउनुभयो । मानव सेवा आश्रमको कामलाई आफूले सम्मान तथा समर्थन गर्ने पनि उनले जनाउनुभयो

 

कार्यक्रममा गण्डकी प्रदेशको माननीय मुख्य मन्त्री पृथ्वी सुव्बा गुरुङ ज्यु भौतिक विकास तथा पुर्वाधार मन्त्री माननिय राम सरण बस्नेत ज्यू ,प्रदेश निति तथा योजना आयोगको प्रमुख डा.गिरिधारी शर्मा पौडेलज्यू ,गण्डकी प्रदेशको प्रमुख न्यधिवक्ता डा. राजेन्द्र धिमिरे ज्यू लगायत महत्वपुर्ण महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका अध्यक्ष तथा मन्त्रालयका निमित्त सचिव भीमप्रसाद तिवारीज्युले गर्नु भएको थियो भने मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख रमेश अधिकारीले स्वागत तथा कार्यक्रमका बारे जानकारी गराएका थियो ।

 

घरबार विहिन, बेसहारा, परित्यक्त असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको साथमा परिवार हुँदाहुँदैपनि परिवारको सामर्थ नभई बर्षैदेखी बाँधेर, थुनेर वा अमानविय तरिकाले राख्दै आएमा सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि विगत २०६९ सालदेखी मानवसेवा आश्रम समर्पित हुँदै आइरहेको छ ।


हाल मानवसेवा आश्रमले ६ ओटा प्रदेशभित्र १४ ओटा केन्द्रहरुबाट सेवा प्रदान गर्दै आइरहकोमा एक महिनाभित्रै एक नं. प्रदेशमा आश्रमको शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।