रोटरी क्लव अफ पोखरा अन्नपुर्णको पदस्थापना कार्यक्रममा मानवसेवा आश्रम सम्मानित



रोटरी क्लव अफ पोखरा अन्नपुर्णले संस्थाको चौंथो पदस्थापना कार्यक्रममको अवसरमा मानवसेवा आश्रम कास्की पोखरा शाखालाई सम्मान गरेको छ ।
सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि एवं ४ नं. प्रदेश सरकारका माननीय मुख्य मन्त्री पृथी सुब्बा गुरुङज्यु र रोटरी क्लव अफ अन्नपुर्णका बर्ष २०१८/१९ का अध्यक्ष रो. शुरेश कुमार ध्वजज्युले आश्रमका ४ नं. प्रदेश संयोजक होमनाथ तिमल्सिनाज्युलाई हस्तान्तरण गर्नुभएको थियो ।
समाजको सकारात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । 

२०६९ सालदेखी निरन्तर सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापन एवं मानवता प्रवद्र्धनको लागि निरन्तर समर्पित संस्था हो मानवसेवा आश्रम