Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

सामाजिक अभियन्ता तयार पार्न १३ दिने ज्ञानहस्तान्तरण कार्यक्रम सम्पन्न


 राष्ट्रिय युवा परीषद, सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन र मानवसेवा आश्रमको आयोजनामा सामाजिक अभियन्ता तयार पार्न १३ दिने आवासिय ज्ञान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा,गोरखा,लमजुङ,बाग्लुङ,हेटौडा,चितवन,काठमाण्डौ,ललितपुर, नवलपरासी, रुपन्देही,सुर्खेत लगायत  ११ जिल्ला बाट ६५ जना युवाहरुको सहभागीता रहेको थियो । 

जेष्ठ २९ गते ४ नं प्रदेश प्रमुख बाबुराम कुबरज्युको प्रमुख आतिथ्यातामा समुद्घाटन भएको कार्यक्रम असार ९ गते नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर (सुनार) विश्वकर्मा ज्युको प्रमुख आतिथ्यतामा समापन भयो ।
 
सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन को अध्यक्ष डा. गोविन्द टण्डन ज्युको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रीय युवा परिषद्को प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीज्यु मानवसेवा आश्रमको परिकल्पनाकार तथा संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यू , पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारीज्यू, जिल्ला युवा समिति कास्कीका अध्यक्ष आशिर्वाद सुवेदीज्यु ,लगायत जिल्लाको विभिन्न सामाजिक तथा अध्यात्मिक क्षेत्रका महत्वपुर्ण महानुभावहरुको कार्यक्रममा उपस्थिती रहको थियो ।

मन्त्री विश्वकर्माले युवाले समाजको परीवर्तनको अग्रणी भुमिका लिनु पर्ने र युवा प्रति नेपाल सरकार जिम्मेवार रहेको कुरा बताउदै यस्तो कार्यक्रमलाई नेपाल सरकारले पनि थप साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


कार्यक्रममा सहभागीहरुको तर्फबाट ८ जनाले कार्यक्रमले आफ्नो जीवनमा ल्याएको परिवर्तन, कार्यक्रममा भएका अनुभुतिहरु एवं प्रतिवद्धता राख्नु भएको थियो । 
वडा अध्यक्ष तिर्थराज अधिकारी , प्रशिक्षक रमन नेपाली , राष्ट्रीय युवा परिषद्को प्रशासकीय प्रमुख मुक्ती सिंह ठकुरी लगायतकाले आफ्नो भावना राख्दै सिकेको कुरालाई व्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिनुभयो।