मानवता प्रवद्र्धनका लागि मानवसेवी अभियान्ता रामजी अधिकारी कतारमा, आश्रमको अक्षयकोष स्थापना गरिने


मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष एवं जीवन प्रशिक्षक रामजी अधिकारी यतिवेला दोहाको कतारमा पुग्नुभएको छ । आज उहाँलाई गोरखा सेवा समाज कतारका पदाधिकारीहरुले उहाँलाई Hamad Internatinal Airport  स्वागत गर्नुभएको थियो । 


भोलि  जुलाई १९ मा  दोहाको नाम्जास्थित शालिमार पार्टिप्यालेसमा गोरखा सेवा समाजले आयोजना गर्ने सकारात्मक सोच रचनात्मक जीवन विषयक कार्यक्रमलाई उहाँले सहजीकरण गर्नुहुने छ भने ७ दिनको बसाइको क्रममा उहाँले अन्य विभिन्न मानवता प्रवद्र्धन एवं सकारात्मक जीवशैली निर्माण कार्यक्रमलाई सहजीकरण गर्नुहुनेछ । 


उत्प्रेरक तथा जीवन प्रशिक्षक रामजी अधिकारी घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेको खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरु रहित नेपाल निर्माण गर्न अभिष्टसाथ सञ्चालित मानवसेवा आश्रमलाई नेतृत्व प्रदान गरिरहनु भएको छ । 

यस अघि मानवसेवा आश्रम गोरखा शाखाका बालगोपालहरुको शिक्षा दिक्षा तथा शाखाको स्तरोन्नतीको लागि नै आयोजना भएको कार्यक्रमलार्य उहाँले सहजीकरण गर्नुभएको थियो । 

 

मानवसेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारी कतारमा रहदाको समयमा बेसहारा रहित नेपाल निर्माण गर्ने पवित्र अभियानलाई सहजीकरण गर्न वा उहाँसँग विशेष मिलन गर्न चहानुहुने हाहानुभापहरुले कार्यक्रम आयोजक संस्था गोरखा सेवा समाज कतारका बरिष्ठ उपाअध्यक्ष तथा कार्यक्रम संयोजक रामजी खत्रीज्युलाई   ६६४४३१४७ र ७७७२३१४७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।