नेपाली छोरा लिएर फर्किन् वंगलादेशी महिला साहिल खातुन : सुन्दर पारिवारीक पुनर्मिलन


एकजना महिला सडकमै प्रसव पिडाले छट्पटाई रहेकी थिइन् ।  बच्चाको आधा शरिर आमाको शरिरबाट बाहिर आइसकेको थियो र आधा शरिर आमाकै शरिरमा थियो । 
महिला मनोरोगको कारण विछिप्त थिइन् । उनी नेपाली बोल्न जान्दिन थिइन् । घर परिवार र अफन्त कहाँ छन् कसैलाई खवर थिएन । उनी नेपाली नै हुन या अन्य कुनै देशका नागरिक भन्ने समेत खुलेको थिएन । हतार हतार स्थानियले प्रहरीलाई खबर गरे । प्रहरी घटना स्थलमा आइपुगे र उनलाई पृथ्वी चन्द्र अस्पताल नवलपरासी पु¥याए ।

 

यो घटना अस्पतालमै महिलाले छोरा जन्माइन् । मानसिक अस्वस्थताको कारण उनी आफैले आफु गर्ववती भएको थहाँ पाइनन्, न त उनलाई बच्चाको बुबा को हो भन्ने नै थहाँ थियो । 
बच्चा जन्मिसमेपश्चात् पनि उनले मनोरोगको कारण आफ्नो छोराप्रतीको प्रेम र मातृत्व दर्शाउन सकिनन् । उनी बच्चालाई पिट्न खोज्थिन्, बासी भात कोचाइदिन्थिन्, बच्चा छाडेर भाग्न खोज्थिन् । 
आफैले जन्म दिएको सन्तानलाई यतिका धेरै पिडा दिने उनको यो स्वभाभ मनोरोगको उपज थियो । यसलाई महशुस गरी सेफ हाउस र प्रहरी परासीको रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भादेवीकोमा पुगे । उपप्रमुख रम्भादेवी ति वंगलादेशी महिलाको लागि भगवान नै बनिन् । उनकै पहलमा ति बंगलादेशी महिलालाई काठमाण्डौंकोको कोसिस् नामक संस्थामा उपचार गराइन् । नगरपालिकाले उपचार खर्च बेहो¥यो । करिब ४ महिना सम्मको उपचार पश्चात् उनी उनको स्वास्थ्यमा निकै सुधार आयो । 


अब भने उनले आफ्नो सन्तानलाई मातृत्व दर्शाइन् । पहिले बासीभात कोचाइदिन खोज्ने उनी अहिले छोरा दश महिनाको पुग्दा समेत दुध बाहेक अरु केही खुवाउन खोज्दिनन् । उनले आफ्नो नाम साहिल खातुन भएको बताइन् । 

रामग्राम नगरपालिकाले नै सञ्चालन गरेको सेफ हाउसमा पुन उनलाई राखियो । उनी अव आफ्नो बच्चाको स्याहार आफै गर्न सक्ने भइन् । नगरपालिकाका उपप्रमुख रम्भा कुँवर उनलाई आफ्नै देश फर्काउन चहान्थिन् । त्यसैले जिल्ला प्रशासन कार्यलय र जिल्ला समन्वय समिति मार्फत उनले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे । तर दुतावासले खास्सै वास्ता नगरेको उपप्रमुख कुँवर बताउछिन् । एक दिन नगरपालिका र सुरक्षा निकायहरुको संयुक्त बैठकमा प्रहरी उपरिक्षक लालमणि आचार्यले यो काम मानवसेवा आश्रमको समन्वयमा हुनसक्ने बताएपछि उपप्रमुख रम्भा कुँवर निरन्तर मानवसेवा आश्रमको सम्पर्कमा रहिन् । रेडीयो परासीमा कार्यरत मालती न्यौपाने केही समय अघि बंगलादेशमा कार्यतर थिइन । साहिलको परिवार खोज्न उनले सघाइन् ।

 

यस अघिपनि काठमाण्डौंको महाराजगंजमा बर्षैदेखी मनोरोगी बनेर बसेकी महिलालाई  उपचार गरि दुतावास मार्फत घर फर्काएको अनुभव मानवसेवा आश्रमसँग थियो  । 
त्यहि अनुभव यस पटक साहिलको पारिवारीक पुनर्मिलनका लागि प्रयोगमा आयो । मानवसेवा आश्रमका प्रदेश २ प्रमुख देवेश गुप्ताले दुतावाससँग सम्पर्क गरेर साहिल खातुनको बारेमा जानकारी गराए । दुतावासेले कागजपत्र माग्यो र उनलाई स्वदेश फर्काउन आश्रम सफल रहयो ।  


महिलाको स्वास्थ उपचार र हेरचहाको लागि उपप्रमुख रम्भाले खेलेको भुमिका सम्पुर्ण मानव कल्याणका लागि समर्पित सामाजिक अभियान्ताहरुको लागि समेत प्रेरणा भएको मानवसेवा आश्रमका सचिव सुमन बर्तौंला बताउछन् । अधिकासंस स्थानिय निकायका जनप्रतिनिधिहरु सामाजिक संस्थालाई महिला राख्न सिफारीस गर्ने काम मात्रै आफ्नो भएको भन्ठान्ने गरेको अवस्था देशभर व्याप्त भएको समयमा साहिलको दुतावासँग समन्वय गराउने बखत मात्रै कयौंपटक अत्यन्त चासो दिएर पटक पटक सम्पर्क गरेको स्मरण गर्दै उपप्रमुख रम्भा कुँवरबाट सबैले मानवता सिक्नुपर्ने बर्तौला बताउछन् । 


घरमा उनको आमा र तिन छोरी छन् । छोरा नजन्माएको भन्दै श्रीमान्ले उनलाई पटक पटक कुटपिट गर्दै आएका थिए । साहिल परिवारबाट निस्केको एक बर्ष अघि मात्र उनको श्रीमान्को मृत्यु भएको उनी बताउछिन् । उनलाई नेपाल कसरी आइपुगिन त्यसबारे केही थहाँ छैन । दुइओटा बस चढेको र दुई ओटा ट्रेन चढेको मात्र याद छ । छोरा नजन्माएको कारण श्रीमान्को कुटपिट सहनुपरेको साहिल नेपालबाट छोरा उपहार लिएर आज करिब दुई बर्षपश्चात् विमान वंगलादेश एरलाइन्सबाट ढाका प्रस्थान गरेकी छिन् ।