सामाजिक विकास मन्त्रालयको सचिव कृष्ण प्रसाद ज्ञावली सहयोगापेक्षी सडकमानवको उद्धारको क्रममा



सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद ज्ञावलीज्युको नेतृत्वमा एकजना सहयोगापेक्षी सडकमानवको उद्धार भएको छ। सचिव ज्ञावलीले मर्निङ वाकको समयमा एकओटा खुट्टा लतारेर कष्टपुर्ण तरिकाले सडकमा हिडिरहेको बेसहारा देखेपछि मानवसेवा आश्रमकी महासचिव रुपा के.सीज्युलाई फोन गरेर सहयोगापेक्षीको बारेमा जानकारी गराउनुभयो । रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले सचिवज्युसँग सम्पर्क गरेर उद्धारका लागि समन्वय गरीन् । सचिवज्युले आफ्नै गाडीमा राखेर सहयोगापेक्षीलाई आश्रममा ल्याइदिनुभयो । 


यो  घटना तिलोत्तमा २ जोगीकुटी सडकक्षेत्रको हो । अन्दाजी ६५ बर्षिय सहयोगापेक्षी आफ्नो नाम धिरज सुवेदी बताछन् । शारिरीक अशक्तताको कारण एकओटा खुट्टा लतारेर हिड्ने धिरजमा मनोरोगको पनि समस्या रहेको छ । 


उद्धार पश्चात् धिरज पहिले थाई सरकारी शिक्षक रहेको खुलेको छ।  तर हाल धिरजको पेन्सन भेने आउदैन । धिरजका अनुसार पेन्सन बापत आउने सबै पैसा छोरीले पहिलै नै बुझिसकेकी छिन् । अहिले छोरी सम्पर्कमा छैनन् । धिरजको परिवारबारे अन्य जानकारी भने प्राप्त भएको छ्रैन । 


आफ्नै गाडीमा राखेर आश्रमसम्म उद्धार गरी ल्याइदिनुभएका सचिव कृष्ण प्रसाद ज्ञावलीज्युले फेरी फेरी यस किसिमको सडकमानवहरुको उद्धार गर्नुपर्ने भएमा आफुलाई फोन गर्न भन्नुभएको छ । आफ्नो गाडी कार्यालय जाँदा  र आउँदा मात्र प्रयोग हुने भएकोले दिउँसको समयमा उद्धार गर्नुपर्ने भएमा मेरो गाडी प्रयोग गर्न सक्नुहुन्छ । सचिव ज्ञावली बताउनुहुन्छ । दिन दुखि र असहायको उद्धारमा खाली समयमा गाडी प्रयोग भए त्यसले आफुलाई सन्तोष मिल्ने सचिव ज्ञवालीको भनाई रहेको छ । 


परोपकारी तथा मानवीय भावनाका धनि आदरणी ५ नं. प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव श्री कृष्ण प्रसाद ज्ञावलीज्यूलाई विशेष अभार । हरेक राष्ट्रसेवक कर्मचारीले यहाँको उदारता र परोपकारी भावनाबाट केही सिकुन । यहाँलाई धेरै धेरै धन्यबाद !