मानवसेवी अभियान्ता सरु अधिकारी युवा प्रतिभा पुरस्कारबाट सम्मानित


मानवसेवा आश्रमकी समर्पित अभियान्ता सरु अधिकारी युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । मानवसेवा आश्रम मार्फत दिन दुखी र असहायको सेवामा समर्पित भई मानवीय सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई मुल्यांकन गर्दै अभियान्ता सरु अधिकारीलाई सम्मान गरिएको हो । 

५ नं. प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयको आयोजना गरेको उत्कृष्ट युवा प्रतिभा तथा खेलाडी सम्मान कार्यक्रममा मन्त्रालयका सचिव कृष्ण प्रसाद ज्ञावलीज्यु एवं माननीय सामाजिक विकास मन्त्री सुदर्शन बरालज्युले अधिकारीलाई सम्मान गर्नुभएको थियो ।