पुर्व नासु मनोहर २५ बर्षदेखी सडकजीवन जीउँदै , उद्धार गरी वडाअध्यक्षले आफै पुर्याए मानवसेवा आश्रम


तस्विरमा : मानवसेवा आश्रम आइपुगेपछि र आश्रमको सरसफाइपश्चात् मनोहर के.सी. 

काठमाण्डौं महानगरपालिका ५, हाडीगाउँबाट एक मनोरोगी युवालाई उद्धार गरी मानवसेवा आश्रम काठमाण्डौं शाखाले संरक्षण दिएको छ । निज बृद्धलाई काठमाण्डौं महानगरपालिका ५ नं. वडा कार्यालयका वडा अध्यक्ष रमेश ढंगोलज्यु, वडा सदस्य मिना सिंह प्रजापतिज्यु, र उत्तम शर्माज्युले आफैले उद्धार गरी मानवसेवा आश्रम सामाखुशी सम्म ल्याइदिनुभएको थियो । 


लामो समय सडकजीवन विताएका अन्दाजी ५८ बर्षिय बृद्ध आफ्नो नाम मनोहर केसी भएको बताउनुहुन्छ । मनोहर के.सी. २५ बर्षदेखी सडकजीवन विताएइरेका छन् । पढाइमा अब्बल दर्जाका मानिने मनोहरले आ.ई.एसी. सम्मको अध्ययन गरेको वडा सदस्य मिना सिंह प्रजापति बताउनुहुन्छ । 

 

पढाई सकेर सडक विभागको सरकारी जागीर खाएका थिए । नासु पदमा कार्यरत उनको धादिङमा पोष्टिङ थियो । जागिरकै क्रममा उनले मानसिक समस्याको अनुभव गर्न थाले र पछि जागिरपनि त्यत्तिकै छाडे । त्यसपश्चात् उनी सडकजीवन विताउन थालेको हुन । ५८ बर्षिय मनोहर काठमाण्डौं ५ टंगालमा जन्मिएका थिए । 

हाल उनको आमा बुबा दुवै वितिसकेका छन् । दाजुभाईको प्रेम उनले खास्सै पाउन सकेनन् । 
आफैले सडकबाट उद्धार गरी आश्रमसम्म ल्याउनुहुने वडा अध्यक्षज्यु एवं ५ नं वडा परिवार प्रति विशेष आभार ।