महानगरद्वारा मानवसेवालाई गाडी सहयोग


काठमाण्डौं महानगर श्रेत्रभित्र खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापनको लागि काठमाण्डौं महानगरपालिकाले मानवसेवा आश्रमलाई सवारी साधन हस्तान्तरण गरेको छ । 


भाद्र १३ गते सभागृहमा एक कार्यक्रम नै आयोजना गरि मानवसेवा आश्रमलाई महानगरपालिकाले गाढी हस्तान्तरण गरेको हो । 
२०७४ मंसिर १ गते महानगरपालिका र मानवसेवा आश्रमवीच सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापनको लागि सहकार्य गर्न द्विपक्षिय सम्झौता भएको थियो । 


सो सम्झौता अनुसार मानवसेवा आश्रमले काठमाण्डौंको विभिन्न क्षेत्रभरि रहेका ५४५ बढी बेसहारा सहयोगापेक्षी सडकमानवहरूको उद्धार गरिसकेको छ । हाल आश्रमको ११५ जना आश्रमको सामाखुशी र बुढानिलकण्ठमा सेवा लिइरहेको छन् भने १५० बढीलाई स्थानको अभावको कारण स्थानान्तरण गराइएको छ ।  


आश्रम रहेको दुई ओटा घरको घरभाडा काठमाडौं महानगरपालिकाले नै उपलब्ध गराउदै आइरहेको छ भने सेवालाई दिर्घकालिन बनाउन महानगरपालिकाले धर्म भक्त माथेमा महानगर मानवसेवा आश्रम भवन निर्माणको लागि यस आ.व.मा खर्च गर्नेगरी ३ करोड रुपैया विनियोजन गरेको छ । 


आगामी दुई बर्ष भित्र कामठमाण्डौंको सडकपेटी र सार्वजनिक स्थलहरूमा कसैले पनि भोकै र नाङ्गै रहनु नपर्ने अवस्थाको निर्माण गर्ने लक्ष्य राखेको छ । हाल सातै प्रदेशमा १३ जिल्लामा मानवसेवा आश्रमको शाखा तथा उपशाखाहरूमा हाल ८५० बढी बेसहारा सहयोगापेक्षी मानवहरूले सेवा लिइरहेको छन् ।