पोखरामा आमा सेमिनार


मातृत्व र मातृभुमीको सम्मानमा पोखरामा आमा सेमिनार सम्पन्न भएको छ । कसैलेपनि घरपरिवारबाट परित्यक्त भई सडकमा कष्टपुर्ण जीवन विताउन नपर्ने अवस्थाको निर्माणका लागि सहयोग पुर्याउन आमा सेमिनारको आयोजना गरिएको मानवसेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमल्सिना बताउनुहुन्छ । 


कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका संस्थापक अध्यक्ष तथा उत्प्रेरक रामजी अधिकारीज्युले गर्नुभएको थियो । 
मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनज्युको सभाअध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरज्युको प्रमुख आतिथ्यतामा भएको थियो । 


गण्डकी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री नरदेवी पुनज्युको विशेष उपस्थिती रहेको कार्यक्रममा करिब ९०० बढी पोखरा वासी महानुभावहरुको उपस्थिती रहेको थियो ।  थप जानकारीको लागि यो लिकं क्लिक गर्नुहोस् ।