मुख्य कार्यालय मकवानपुर हेटौंडाको भवननिर्माण अन्तिम चरणमा


मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौंडाको भवननिर्माण अन्तिम चरणमा पुगेको छ । आश्रमको मुल घर, भान्सा तथा डाइनिङ, विशेष स्याहार कक्ष, मनोरन्जन तथा कार्यक्रम कक्ष लगाएतको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । 

दुई तल्लाको भवन बनाइने योजना भएपनि बृहत्तर सेवाको लागि स्थानको अभाव हुने भएपछि भवनलाई ३ तल्लाको बनाइएको थियो । योजना अनुसरकै निर्माण गरिएको भए यतिन्जेल सम्ममा गृहप्रवेश गरानउ सकिन्थ्यो तर सेवाको आवश्यकताको कारण संरचना थप भएकोले निर्माण कार्य सक्न हम्मे हम्मे भइरहेको आश्रमका अभिभावक तथा निर्माण उपसमितिका संयोजक तारा प्रसाद लामिछाने बताउनुहुन्छ । 

प्राप्त सहयोग र कोषमा भएको रकम करिब करिब सकिएको छ तर निर्माण सम्पन्न गर्न अझै केही रकम आवश्यक रहेकोले करिब दुई महिना लम्बिएको संस्थाका कोषाअध्यक्ष होमनाथ तिमल्सिना बताउनुहुन्छ । 

मुख्य कार्यालयको भवननिर्माण सम्पन्न भएपछि आश्रम परिषरलाई नै मानवसेवा धामको रूपमा विकास गराउन गुरूयोजना निर्माण गर्न गृहकार्य भैरहेको आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ ।