प्र.जि.अ. आस्मान तामाङज्यूको बधाई तथा विदाई कार्यक्रम - मकवानपुर


मानवसेवा आश्रमले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङज्युको बधाई तथा विधाई कार्यक्रम सम्पन्न गरेको छ । 
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ सरूवा भई धाधिङ जानुहुने भएपछि आश्रमले एक बधाई तथा विदाई कार्यक्रम नै आयोजन गरि उहाँलाई विदाई गरेको हो । 


उहाँले प्रमुख जिल्ला अधिकारीको भुमिकामा मकवानपुरमा रहेर मानवसेवा आश्रमलाई पु¥याएको योगदानलाई स्मरण गर्दै मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्युले धन्यबाद ज्ञापन गर्नुभएको थियो । 


कार्यक्रममा मानवसेवा आश्रमका अभिभावकज्युहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङज्युले आफु जहाँ रहेपनि मानवसेवा आश्रम सदैव मनमा आश्रम रहने बताउनु भएको छ ।