मानवसेवा आश्रमलाइ बलराम जोशी ज्ञान विज्ञान प्रतिष्ठान, चन्द्रकुमारी हिमालयराज स्मृति पुरस्कार


यो अपार माया र विश्वासलाई सदैब बचाईराख्न सकौं
.......................................................

मानवसेवा आश्रमलाई डा. बलराम जोशी ज्ञान विज्ञान प्रतिष्ठान, चन्द्रकुमारी हिमालयराज स्मृती पुरस्कार २०७५ प्राप्त भएको छ । 
स्व. बलराम जाेशीका अर्द्धाङ्गंनी तथा बलराम जोशी ज्ञान विज्ञान प्रतिष्ठानका संस्थापक अध्यक्ष अगुंरबाबा जोशीज्यूले नगद रु. २५,०००/–को थैली सहितको पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

मानवसेवा आश्रमलाई उत्साह र उमगंको पखेटा जोडाई सेवाकार्यमा अघि बढ्न प्रेरणा प्रदान गर्नुहुने बलराम जोशी ज्ञान विज्ञान प्रतिष्ठान परिवार एवं संस्थापक अध्यक्ष अंगुरबाबा जोशीज्यूप्रति विशेष नमन् ।