डागर स्मृति सामाजसेवा पुरस्कार मानवसेवा आश्रमलाई



मानवसेवा आश्रमलाई डागर स्मृति सामाजसेवा पुरस्कार प्राप्त भएको छ । डागर स्मृति प्रतिष्ठानको चौथो साधरण सभाको अवसरमा आश्रमलाई पुरस्कार समर्पण गरेको हो । दश हजार पाँच सय पुरस्कार राशी भएको डागर स्मृति पुरस्कार मानवसेवा आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ  तिमल्सिनाज्युले ग्रहण गर्नुभएको थियो । मानवसेवा आश्रम तत्काल उद्धारको आवश्यकता रहेको खुला आकाशमुनी रात विताउन विवश सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलन गराउँदै आइरहेको छ ।