अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानवसेवा आश्रम सम्मानित


 

अन्तराष्ट्रिय जेष्ट नागरिक दिवसको अवसरमा मानवसेवा आश्रम सम्मानित भएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक विशेष समारोहवीच मानवसेवा आश्रमलाई सम्मान गर्नुभएको हो । जेष्ठ नागरिक दिवसको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र जेष्ठ नागरिक महासंघले संयुक्तरूपमा आयोजना गरेको समारोहमा मानवसेवा आश्रमलाई सम्मान गरिएको हो ।

 


राष्ट्रपति कार्यालय सितल निवासमा आयोजना भएको समारोहको प्रमुख अतिथि सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीको हुनुहुन्थ्यो । कार्यक्रमको सभाअध्यक्षता माननीय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरले गर्नुभएको थियो ।

अभिभावक विहिन, बेसहारा सहयोगापेक्षी सडकमानवहरूलाई संरक्षण प्रदान गर्दै जेष्ठ नागरिकको क्षेत्रमा उत्कृृष्ट कार्य गरेबापत सम्मान प्रदान गरेको आयोजकले जनाएको छ । 
मानवसेवा आश्रम २०८२ सालभित्र कोहिपनि मानिस भोकै र नाङ्गै खुला आकाशमूनी कष्टपुर्ण जीवनयापन गर्न नपर्ने अवस्था निर्माण गर्ने लक्ष्य सहित सातै वटा प्रदेशमा १४ जिल्लामा १६ स्थानमा सञ्चालित रहेको छ ।