मानवसेवा आश्रमलाई वर्डलिंकको दश लाख सहयोग, सबै शाखामा इन्टरनेट निशुल्क हुने


ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्युनिकेसन्सले मानवसेवा आश्रमलाई नगद रू. दश लाख रूपैया सहयोग गरेको छ । कम्पनी २४ बर्ष पुरा गरी २५ बर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराएको हो ।


कम्पनीले आनो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । मानवसेवा आश्रमको भक्तपुर शाखाको गृह प्रवेश एवं समुद्घाटन समारोहमा ओर्डलिंकले आश्रमलाई दश लाखको चेक हस्तान्तरण गरेको हो ।


आश्रमको भक्तपुर शाखाको लागि आवश्यक पर्ने सुरुवाती सामाग्री खरिद गर्न सघाउने उद्देश्यले वर्डलिंकले आश्रमलाई सहयोग गरेको हो । सम्माननीय प्रधानमन्त्री केपी शेर्मा ओलीज्युको प्रमुख आतिथ्यतामा भएको भक्तपुर शाखा समुद्घाटन समारोहकैवीच आश्रमले ओर्डलिंक कम्युनिकेसन्स परिवारलाई सहयोगको उच्च मुल्यांकन गर्दै समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत प्रदान गरेको छ ।


मानवसेवा आश्रम २०८२ सालदेखी खुला आकाशमुनी रात विताउन विवश बेसहारा, अभिभावक विहिन, मनोरोगी एवं जीवन नै जोखिममा रहेका मानवहरूको मानवोचित व्यवस्थापनको लागि समर्पित हुँदै आइरहेको छ ।

त्यस्तै वर्डलिंकले आश्रमको सातवटै प्रदेशमा रहेका मानवसेवा आश्रमको शाखाहरूलाई इन्टरनेट सेवा निशुल्न प्रदान गर्ने भएको छ ।