सांसद, मेयर, प्रजिअ र सुरक्षा निकायका प्रमुख रातको ११ बजे भरतपुरको सडकमा : तयारी सडकमानवमुक्त महानगर घोषणाको


भरतपुर महानगरपालिका तिहारकै आसपासमा अभिभावक विहिन सहयोगापेक्षी सडकमानव रहित घोषणा गर्ने तयारी भैरहेको छ । यसका लागि मानवसेवा आश्रमले नियमित पहल गर्दै आइरहेको थियो । महानगरपालिकाले केही समय अघि मात्र महानगर क्षेत्रभित्रर कार्यरत विभिन्न सरोकारवाला निकायहरूसँगको अभिभावक विहिन सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा विषयक पहिलो चरणको अन्तरक्रिया सम्पन्न गरिसकेको छ भने बेसहारा सहयोगापेक्षी सडकमानव रहित महानगर घोषणा गराउने निति समेत पारित गराइसकेको छ ।


यसै सन्दर्भमा हिजो राती ८०: ०० बजे देखी
१:०० बजे सम्म भरतपुर महानगरपालिकाको शहरी क्षेत्रभित्र रहेका सडकमानवहरूको अवस्था अध्ययन तथा उद्धार भएको छ  । उद्धार तथा अवस्था अध्ययनको क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माननीय प्रदेश सभा सदस्य विजय सुवेदी, महानगरपालिकाका प्रशासकिय प्रमुख नेत्र सुवेदी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख दान बहादुर मल्ल, नेपाली सेनाका प्रमुख सेनानी विज्ञान खनाल, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्ययक्ष रामजी अधिकारी, महासचिव शुशिला के.सी., आश्रमका अभिभावक तथा अभियान्ताहरुको उलेख्य सहभागिता रहेको थियो ।


हिजो राती ११ बजेसम्म भएको सडकमानवहरूको उद्धार तथा रात्रीकालिन अवस्था अध्ययनको क्रममा ४० जनालाई मानवसेवा आश्रम चितवन शाखामा ल्याइएको थियो । जसमध्ये २ जना मात्र बास्तविक सहयोगापेक्षी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ ।


नेपाल प्रहरी, आश्रम र महानगरपालिकाले घर परिवार भएकाहरूलाई पुन सडकमा अस्तव्यस्त जीवनशैली नविताउने शर्तमा घर फिर्ता पठाएका छन् । कतिलाई आश्रमकै गाडीमा राखेर घर घरमा पु¥याइएको छ । महानगर क्षेत्रभित्र जाँड रक्सि पिएर सडकमै अस्तवेस्त जीवन विताउनेहरूको कारण सामाजिक सुरक्षाका कायम गर्न समेक कठिक हुने प्रहरी प्रमुख दान बहादुर मल्ल बताउनुहुन्छ ।


महानगरपालिकाकी प्रमुख रेनु दहाल काक्र्तिक ९ महानगरपालिकालाई बेसहारा अभिभावक विहिन सडकमानव रहित महानगर घोषणा गर्ने गरी आन्तरिक तयारी सुरू गरीएको बताउनुहुन्छ । यस कार्यका महानगरपालिकालाई मानवसेवा आश्रमले सघाउदै आइरहेका छ । मानवसेवा आश्रमको भरतपुर–१० आँखा अस्पताल नजिकै रहेको शाखाले मात्र हालसम्म भरतपुर क्षेत्रका विभिन्न स्थानबाट ५०० बढीलाई उद्धार गरी संरक्षण दिइसकेको छ भने घोषणा पश्चात् पनि यसको कार्यन्वयनको लागि पटक पटक प्रतिवद्धता व्यक्त गर्दै आइरहेको छ ।


भरतपुर महानगरपालिका बुटवल उपमहानगरपालिका, पोखरा महानगरपालिका, वीरगञ्ज महानगरपालिका, विराटनगर महानगरपालिका, वीरेन्द्र नगर नगरपालिका, बागलुङ जिल्ला, गोरखा जिल्ला, लमजुङ जिल्लालाई अभिभाव विहिन बेसहारा सहयोगापेक्षी सडकमानव मुक्त जिल्ला घोषणाको लागि गृहकार्य भैरहेको मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारी बताउनुहुन्छ ।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई विश्व मानचित्रमा कोहीपनि नागरीक खुला आकाशमुनी घरबार विहिन भई रहन नपर्ने अवस्था निर्र्माण गर्ने साझा लक्ष्य मानवसेवा आश्रमले अघि सारेको छ ।