Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

सडकमा एक समुह भोकै, नाङ्गै छाडेर देशलाई समृद्ध बनाउन सकिदैन : मा.मुख्य मन्त्री डोरमणि पौडेल



३ नं. प्रदेश सरकारका माननीय मुख्यमन्त्री डोरमणि पौडेलज्युले हेटौंडाबाट सुभारम्भ भएको मानवसेवा आश्रम आज देशलाई नै सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र घोषणा गराउन लागिपरेको बताउँदै मानवसेवा आश्रमले समाजमा पुर्याउँदै आइरहेको योगदानलाई कहिलै कसैलेपनि भुल्न नहुने बताउभएको छ । सहयोगापेक्षी सडकमानव रहित भरतपुर घोषणा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
 

 
मानवसेवा आश्रमको सुभारम्भको दिनलाई स्मरण गराउँदै उहाँले हेटौंडाबाट सुभारम्भ भएको मानवसेवा आश्रम हाल देशव्यापी भैसकेको र सरकारको समेत ध्यानाकर्षण गराउन आश्रम सफल भएको बताउनु भयो । उहाँले भन्नुभायो,– “अब त संघिय सरकारले समेत मानवसेवा आश्रमको गतिविधिलाई नजिकबाट नियालिरहेको छ । केही समयमै देश सहयोगापेक्षी सडकमानव मुक्त बन्ने बाटोमा अघि बढीसकेको छ । आश्रम र यसका अध्यक्ष रामजी अधिकारीलाई बधाई र धन्यबाद !
यस्तौ उहाँले मानवसेवा आश्रमले सबैखाले दुःख कष्टलाई अपनाएर देशलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने सपना नदेखाएको भए, अभियान थालनी नगरेको भए हाम्रोपनि सहयोग रहदैन थियो, हामी कठैबरा सम्म भन्थ्यौ होला तर देशभर रहेका सहयोगापेक्षी सडकमानवहरूको व्यवस्थापन यति सहज हुने थिएन । उहाँले थप्नुभयो : – “अब तिनै तहको सरकार सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन गर्नबाट पन्छिन पाउँदैन । बाटो, ढल र सडक बनाएर मात्र सरकारको दायित्व पुरा नहुने हुन सक्दैन । सडकमा एक समुह भोकै, नाङ्गै छाडेर देशलाई समृद्ध बनाउन सकिदैन ।”

सरकारले एक एक लाख नै तलब तोकेर कर्मचारी राखेपनि मानवसेवा आश्रमका अभियान्ताहरूले दिइरहेको जति सेवा हुन नसक्ने बताउदै बोल्दा बोल्दै भकानिनुभएका मुख्यमन्त्री डोरमणि पौडेल सहयोगापेक्षी सडमानव व्यवस्थापनका लागि आफुलाई मानवसेवा आश्रमले नै प्रेरणा दिएको बताउनुभयो ।
 

३ नं. प्रदेश सरकारले सहयोगापेक्षी सडकमानव रहित प्रदेश निर्माण गर्ने नितीलाई अवलम्बन गरेको छ । कार्यक्रम पश्चात् अनौपचारिक कुराकानीमा ३ नं. प्रदेश भित्र संस्थाको संरचना निर्माणको लागि प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धतालाई दो¥याउनु भएको छ । उहाँले यसअघि पनि ३ नं. प्रदेश भित्र स्थानिय सरकारसँगको समन्वयमा मानवसेवा आश्रमको भवननिर्माण प्रदेश सरकारले गरिदिने बताउदै आउनुभएको छ । 
 
उहाँले विगत छ बर्षदेखी आफु जहाँ पुगेपनि मानवसेवा आश्रमको बारेमा बोल्नेगरेको स्मरण गराउँदै मानवसेवा आश्रमलाई समाजसेवा पर्यटनको रुपमा विकास गराउनुपर्ने धारणा राख्नुभयो ।
देशभर  फ्याकिएको
  सबै मान्छे बटुल्ने जिम्मा एकजना व्यक्तिको मात्र नभएको बताउदै सरकारले मानवसेवा आश्रमको पूर्ण स्वामित्व लिनुपर्ने समेत बताउनुभयो । मानवसेवा आश्रमको संरक्षणमा रहको बेसहाराहरूको प्रतिव्यत्ति पालनपोषण खर्चको केही प्रतिशत संघिय सरकारले बेहोर्नेगरी गरेको संघिय सरकारको मन्त्रीपरिषद निर्णय स्वागत योग्य रहेको बताउँदै प्रदेश सरकारको पनि मानवसेवा आश्रमको लागि निरन्तर सहयोग रहने बताउनुभयो ।

देशकै पहिलो सहयोागापेषी सडकमानव रहित महानगर घोषणा गराउन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दहाल र सम्बन्धित सरोकारवाला निकायले गरेको योगदानको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री डोरमाणि पौडेलज्यूले सम्पुर्ण स्थानिय तह जागरुक नभई बेसहारा सहयोगापेक्षी सडकमानव रहित राष्ट्र निर्माण सम्भव नहुने धारणा राख्नुभयो ।
मुख्यमन्त्री डोरमणि पौडेल मानवसेवा आश्रमको संस्थापक अभिभावक समेत हुनुहुन्छ ।