सडकआश्रित मानवमुक्त महाअभियान : कालिमाटिका श्रमिकहरुलाई प्रशिक्षण


सडकआश्रित मानवमुक्त काठमाडौं महानगर घोषणा अभियानलाई सफल पार्न कालिमाटि तरकारी बजारमा कार्यरत श्रमिकहरुमाझ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 


काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सञ्चालन सञ्चालन गरेको बेसहारा, असहाय, अशक्त सयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा अभियान अन्तर्गत आज श्रमिकहरुको माझमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

रात्रीकालिन सडकको अवस्था अध्ययन तथा उद्दारको क्रममा कालिमाटी क्षेत्रका खुला आकाशमुनी सडकपेटीमा कष्टपुर्ण जीवनयापन गर्नेहरुमा कालिमाटी तरकारी बजारका भरीयाहरुको संख्या अत्याधिक पाइएपछि काठमाडौं महानगरपालिकाले यस प्रशिक्षण कार्यक्रम आयोजना गराएको हो । 

कालीमाटी तरकारी तथा फलफूल व्यवसायी समितिले आयोजना गरेको कार्यक्रमmलाई काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शहरी सुव्यवस्था विभागका प्रमुख हरी कुँवर, मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी र आश्रमका सचिव सुमन बर्तौला, कविर आश्रमका सन्त आदर्श साहेव तथा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ लगाएतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कालिमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन अधिकृत मनोज धितालले गर्नुभएको थियो । 

कार्यक्रममा खुला आकाशमुनी रात विताउन स्वास्थ्यमा पर्ने कु–प्रभाव एवं त्यसको नकारात्मक पक्षहरुबारे विविन्न विषयबस्तुहरु प्रस्तुत गरीएको थियो ।