माघ ४ गते कर्णाली प्रदेश सहयोगापेक्षी सडकमानव मुक्त घोषणा हुँदै


कर्णाली प्रदेश आउदो माघ ४ गते बेसहारा सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश घोषणा हुने भएको छ । पौष ८ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्री परिषदको बैठकले २०७६ माघ चार गते सिङ्गो कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश घोषणा गर्ने निर्णय गरेको हो । 

कर्णाली समन्वय परिषदको दोस्रो बैठकमा पौष १० गते सयोगापेक्षी सडकमानव मुक्त कर्णाली प्रदेश घोषणा गराउन तथा घोषणा कार्यान्वयन गर्न सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, वीरन्द्रनगर नगरपालिका, मानवसेवा आश्रम, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय सुरखेत वीच सम्झौता भई जीम्मेवारी समेत बाँडफाड गरीसकेको छ । 

२०७५ पौष १० गतेबाट कर्णाली प्रदेश प्रदेशको सुरखेतमा मानवसेवा आश्रमको प्रदेशशाखा स्थापना भएको थियो । हाल कर्णाली प्रदेश सरसामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको अभिभावकत्वमा मानवसेवा आश्रमको सुरखेत शाखा सञ्चालन भइरहेको छ । सुरेखेत शाखाले कर्णाली प्रदेश भित्रका विभिन्न जिल्लाहरुबाट उद्धार गरी १५० बढी सहयोगापेक्षीहरुलाई संरक्षण प्रदान गरीसकेको छ । 

विभिन्न समय प्रदेश सरकार कर्णाली प्रदेश भित्र रहेका सहयोगापेक्षीहरुको उद्धार एवं जीवन रक्षाको लागि सम्पुर्ण स्थानिय तहहरुमा पत्राचार गरीसकेको छ भने सामाजिक विकास मन्त्रालय र मानवसेवा आश्रमको संयुक्त टोलि कर्णाली प्रशेको सम्पूर्ण जील्लामा पुगेर सहयोगापेक्षी सडकमानवहरुको उद्धार गर्ने तयारी गरीरहेको मानवसेवा आश्रम कर्णाली प्रदेश शाखा संयोजक सृजना ओली बताउनुहुन्छ ।

हाल मानवसेवा आश्रमकै पहल एवं सहकार्यमा मकवानपुर जिल्ला, भरतपुर महानगरपालिका, गोरखा नगरपालिका र बुटवल उपमहानगरपालिका सहयोगापेक्षी सडकमानव मुक्त महानगरपालिका घोषणा भइसकेको छ भने काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका र पोखरा महानगरपालिका घोषणाको तयारीमा रहेको छ ।