पशुपति मन्दिर परिषरबाट १५ जना सहयोगापेक्षी मानवहरुको उद्धार


मानवसेवा आश्रम र पशुपति विकास कोषको संयुक्त प्रयासमा भएको पशुपति घोषण कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा आज मिति २०७५/०८/०७ गते पशुपति मन्दिर परिषरबाट १५ जनाको उद्धार गरिएको छ।
 
उद्धार कार्यमा पशुपति विकास कोषका सदस्य सचिव प्रदिप ढकालज्यू, मानवसेवा आश्रमका काठमाण्डौं शाखा संयोजक तथा आश्रमका केन्द्रिय प्रवक्ता सुमन बर्तौला, स्थानिय भद्रभलाद्मी, नेपाली प्रहरी र शशस्त्र प्रहरीका प्रतिनिधिज्यूहरुको उपस्थिती रहेको थियो । उद्धार पश्चात् आज नै स्वास्थ्य परिक्षण गराई सामाखुसी स्थित आश्रममा सेवा गर्ने स्थानको अभावको कारण आश्रमको अन्य विभिन्न जिल्ला स्थित शाखाहरुमा स्थानान्तरण गराउने तयारी भइरहेको छ। 

मानवसेवा आश्रम आगामी दुई वर्ष भित्र ३ नं. प्रदेशलाई नै कोहिपनि मानिस भोकै र नाङ्गै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न नपर्ने अवस्थाको निर्माण गरि सहयोगापेक्षी सडकमानव रहित प्रदेश घोषणा नै गर्ने र आगामी ७ वर्ष भित्र पुरै नेपाललाई नै सहयोगापेक्षी सडकमानव रहित प्रदेश घोषणा गर्ने लक्ष्य लिई सेवा अघि बढाइरहेका छ ।