सहयोगापेक्षी सडकमानव मुक्त कर्णाली घोषणा तयारी : वीरेन्द्रनगर नगरपालिकामा अन्तरक्रिया


सहयोगापेक्षी सडकमानव मुक्त कर्णाली प्रदेश घोषणा सम्बन्धमा वीरेन्द्रनगर नगरपालिकाले सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
नगरपालिकाले वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुमाझ यस्तो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । 
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीको सभाअध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका सचिव डा.मान बहादुर विके, सुरखेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रदेश प्रहरी कार्यालय प्रमुख पुर्ण चन्द्र जोशी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, मानवसेवा आश्रमका कर्णाली प्रदेश संयोजक सृजना ओली लगाएत सुरखेतमा कार्यरत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, प्रत्रकार, उद्योगी, व्यवसायी, समाजसेवीहरुको उपस्थिती रहेको थियो । 


कार्यक्रममा सहभागीहरुले घोषणा पछिको कार्यान्वयनलाई चुस्त राख्न सके यस अघोणा सिंगो कर्णाली वासीहरुकै लागि गौरव हुने बताउनुभएको थियो । वीरेन्द्र नगरपालिकाका प्रमुख देव कुमार सुवेदीज्युले प्रदेशकै राजधानी सुरखेतको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सबैतिरका बेसहाराहरु आइपुग्ने बताउदै यस मानवीय सेवाको कार्यमा सहभागी हुन पाउनु नगरपालिकाको सौभाग्य रहेको बताउनु भएको थियो । 


सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सचिव डा.मान बहादुर विकेले यस घोषणा अघि कर्णाली प्रदेश सरकारको प्रतिनिधि, मानवसेवा आश्रमका अभियान्ताहरु र स्वयंसेवकहरु प्रदेश भित्रका सम्पुर्ण जिल्लाहरुमा पुगेर सहयोगापेक्षी सडकमानवहरुको उद्धार गरिने बताउनु भएको छ । 

आउदो माघ ४ गते सिंगो प्रदेशलाई नै बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानव मुक्त कर्णाली प्रदेश घोषणा गर्ने तयारी कर्णाली प्रदेश सरकारले गरेको छ । कर्णाली समन्वय परिषदको दोस्रो बैठकमा पौष १० गते सयोगापेक्षी सडकमानव मुक्त कर्णाली प्रदेश घोषणा गराउन तथा घोषणा कार्यान्वयन गर्न सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, वीरन्द्रनगर नगरपालिका, मानवसेवा आश्रम, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय सुरखेत वीच सम्झौता भई जीम्मेवारी समेत बाँडफाड भइसकेको छ । 


मानवसेवा आश्रमसँगको सहकार्यमा कर्णाली प्रदेश भित्र रहेका सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापन हुँदै आइरहेको छ । हालसम्म १५० बढी सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन भइसकेको मानवसेवा आश्रमका कर्णाली प्रदेश संयोजक तथा केन्द्रीय कार्यसमिति सदस्य सृजना ओली बताउनुहुन्छ । 


परोपकारी उदारमना नेपाली मनहरुको साथ र सहयोगबाट मानवसेवा आश्रम सञ्चालन हुँदै आइरहेको छ भने वीरेन्द्र नगरनगरपालिकाले मानवसेवा आश्रम कर्णाली प्रदेश शाखाको घर बहाल रकम उपलब्ध गराएको छ । प्रदेश सरकाले व्यवस्थापनमा सहयोग पु¥याउदै आइरहेको छ।