मानवसेवा आश्रमलाई राधिका आमाको निरन्तर प्रेम


मानवसेवा आश्रममा आश्रित लक्ष्मीनारायणहरुसँग राधिका आमा....

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको अर्धाङ्गीनि श्री राधिका शाक्यज्युले आफ्नो  ठूलोबुबाको बार्षिक पुण्य तिथिको दिन मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई भोजन गराउनुभएको छ । उहाँले मानवसेवा आश्रम सामाखुशी शाखाका लक्ष्मीनारायण तथा बालगोपालहरुलाई भोजनसेवा गराउनको लागि तिस हजार रुपैया सहयोग गर्नुभएको हो । 


आश्रमको हरेक गतिविधिलाई नजिकबाट महशुस गरी अभिभाककिय कर्तव्य निर्भाह गर्दै आइरहनु भएकी राधिका आमालले आश्रमलाई सहयोग उपलब्ध गराउनुभएको हो । यस अघि पनि उहाँले विभिन्न अवसरहरुमा मानवसेवा आश्रमलाई सहयोग उपलब्ध गराउदै आइरहनुभएको छ । 


राधिका आमा करिब १ बर्ष अघि पत्रिकामा प्रकाशित मानवसेवा आश्रमको समाचारबाट प्रभावित भई आफै मानवसेवा आश्रममा आउनु भएको थियो, त्यसपश्चात् निरन्तर उहाँको माया पाइरहेका छौं मानवसेवा आश्रमका समर्पित अभियान्ता सुमन बर्तौला बताउनुहुन्छ । 


दशैमा आश्रमका गरिमा लक्ष्मीनारायण र अभियान्ताहरुलाई टिका लगाइदिन आफै मानवसेवा आश्रमको सामाखुशी पुग्नुभएको थियो । कुरा काट्नेहरुको पछाडी लाग्नु भन्दा समाजको सकारात्मक रुपान्तरणको लागि समर्पित अभियान्ताहरुको मनोबल बढाउन समय खर्चिन मन लाग्ने प्रम अर्धाङ्गीनि राधिका शाक्य बताउनुहुन्छ ।