सहयोगापेक्षी सडकमानव मुक्त नेपाल निर्माणका लागि अर्थमन्त्री युवराज खतिवडासँगको अर्थपुर्ण स्नेहमिलन



माननीय अर्थमन्त्री युवराज खतिवडाज्युलाई सेवाबारे ब्रिफिङ गराउनुहुँदै मानवसेवा आश्रमका संस्थापक अध्यक्ष श्री रामजी अधिकारीज्यु.....

मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्युले सहयोगापेक्षी, बेसहारा, सहयोगापेक्षी सडकमानव मुक्त नेपाल निर्माणका लागि भइरहेको प्रयास र भावी योजना माननीय अर्थमन्त्री युवराज खतिवडाज्युलाई ब्रिफिङ गराउनु भएको छ । 


ब्रिफिङको क्रममा माननीय अर्थ मन्त्री युवराज खतिवडाज्युले आफु पहिले नै मानवसेवा आश्रमको सामाखुशी शाखा र अन्य केही शाखाहरुको अवलोकन गरिसकेको स्मरण गराउदै अभियानलाई सफल पार्न सरकार कसरी सहयोगी बन्न सक्छ भन्ने जिज्ञासा राख्नुभएको थियो ।


भेटमा अन्य धेरै संस्थाहरुलाई सरकारले सहयोग गरिरहेको छ, उनीहरुले आआफ्नो श्रेत्रमा काम गरिनै रहेको भएपनि सडकको मानिस सडकमै देखिएको प्रति सजग गराउदै सरकारले मानवसेवा आश्रमलाई अन्तिम विकल्पको रुपमा अघि बढाउन चाहेको समेत प्रष्ट पार्नुभयो । 


सुकेधारा स्थित रहेको माननीय अर्थमन्त्री युवराज खतिवडाज्युको निजि निवासमा भएको एक घण्टा लामो मंगलमिलनको क्रममा  मानवसेवा आश्रमले हाल गरिरकेको विभिन्न सेवाहरु र भावी योजनाका विषयमा चिन्तन-मनन भएको थियो ।