गण्डकी प्रदेश सामाजिक विकास मन्त्री चिसोले कठ्याङ्ग्रीरहेकाहरुको उद्धारमा


गण्डकी प्रदेश सामाजिक विकास मन्त्री चिसोले कठ्याङ्ग्रीरहेकाहरुको उद्धारमा, सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश बनाइने । 
पुसमाघको चिसोको कारण हरेकबर्ष कयौं नागरिक खुला आकामुनी रात विताउन बाध्य हुन्छन् । कयौंले चिसोकै कारण ज्यान गुमाउने गरेका छन् । यही चिसोलाई महशुस गरी गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मानवसेवा आश्रमका अभियान्ताहरुको साथमा आफै रातको समयमा चिसोले कठ्याङ्ग्रीएकाहरुको उद्धार पुग्नुभएको छ । 


मन्त्री पुनले राती सडकमा पुगेर गण्डकी प्रदेशलाई भोकै र नाङ्गै कोहीपनि नागरिक रहनुपर्ने अवस्था निर्माण गर्न निरन्तर मानवसेवा आश्रमसँग सहकार्य भइरहेको बताउदै  चाडै नै पुरै गण्डकी प्रदेशलाई सहयोगापेक्षी, बेसहारा, अभिभावकविहिन सडकमानवमुक्त प्रदेश घोषणा गरिने बताउनु भएको हो । माननीय सामाजिक विकास मन्त्रीको नेतृत्वमा सहयोगापेक्षीहरको अवस्था अध्ययन तथा उद्धारको गएका मानवसेवी अभियान्ताहरुले १२ उद्धार गरी मानवसेवा आश्रम पोखरा शाखामा लगेका छन् । 


हाल गण्डकी प्रदेशको पोखरा, गोरखा, लामजुङ र बागलुङमा मानवसेवा आश्रमको शाखाहरु सञ्चालन रहेका छन् भने पोखरामा मानवतालाई व्यवहारीकरुपमा नै महशुस गर्न सकिने गरी मानवीय स्मारक निर्माण कार्यको समेत सुभारम्भ भइसकेको छ। 


मनवसेवा आश्रमको गण्डकी प्रदेश स्थित पोखरा सहित ४ शाखाहरुमा हाल २१० जना बेसहारा, सहयोगापेक्षी सडकआश्रित मानवहरुले संरक्षण लिइरहेको तथा प्रदेश सरकारको अभिभावकत्व रहदा गण्डकी प्रदेश यसै बर्ष भित्र घोषणा हुन सक्ने मानवसेवा आश्रम गण्डकी प्रदेश संयोजन होमनाथ तिमल्सिना बताउनुहुन्छ ।