महोत्सवको प्रतिटिकट ४ रुपैया आश्रमलाई, उबासघं बागलुङ द्वारा मानवसेवा आश्रमलाई दुई लाख सहयोग


मानवसेवा आश्रम बाग्लुङ शाखालाई उद्योग बाणिज्य संघ बागलुङले दुई लाख सहयोग गरेको छ ।  

उद्योग बाणिज्य संघ बाग्लुङको आयोजनामा  पौष ११ गतेदेखी २० गतेसम्म आयोजना भएको महोत्सवको टिकट विक्रि बापत संकलित रकममध्ये रु.२,००,०००/– दुई लाख मानवसेवा आश्रम बाग्लुङ शाखालाई सहयोग गरेको हो । एक टिकटबापत ४ रुपैयाको दरले मानवसेवा आश्रमलाई दिनेगरि बाग्लुङ उद्योग बाणिज्य संघले महोत्सव अघि नै  निर्णय गरेको थियो।  महोत्सवमा  आश्रमले टिकटको व्यवस्थापनको लागि आवश्यक स्वयंसेवक परिचालन समेत गरेको थियो ।