भौकै र नाङ्गै रहनु नपर्ने वडा घोषणा, हेटौंडा–९


हेटौंडा-०८, मंसिर २०७५,
हेटौंडा उपमहानगरपालिका ९ नं. वडा  कसैलेपनि भोकै र नाङ्गै रहनु नपर्ने वडा घोषणा भएको छ । मानवसेवा आश्रम र हेटौंडा उपमहानगरपालिका वृहत घोषणा कार्यक्रमको आयोजना गरि सहयोगापेक्षी सडकमानव मुक्त वडा घोषणा गरिएको हो ।
करिब ४००० जनाको सहभागीता रहेको शान्ति ¥याली हेटौंडा ९ गुम्बाचाेकबाट थाहाँचोक हुँदै मानवसेवा आश्रमको निर्माणाधिन भवननिर्माण स्थलमा पुगि औपचारिक घोषणा सभामा परिणत भएको थियो ।


सम्पुर्ण टोलविकास संस्थाहरु, टोल विकास संस्था समन्वय परिवार, वडा भित्रका सरकारी तथा निजि विद्यालयहरु, विभिन्न आमा समुह लगाएत सामाजिक क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रममा ३ नं. प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाज्यूले सहयोगापेक्षी सडकमानव रहित वडा घोषणा आफैमा पृथक एवं समय सापेक्ष रहेको बताउदै मानवसेवा आश्रम र ९ नं. वडा कार्यालयलाई धन्यबाद तथा बधाई दिनुभएको थियो । प्रदेश सरकाले आफ्नो निती तथा कार्यक्रममा नै ३ नं. प्रदेशलाई सहयोगापेक्षी सडकमानमुक्त प्रदेश बनाउने उल्लेख गरिएको बताउदै सबैलाई सहयोगको लागि अपिल समेत गर्नुभएको थियो ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, माननीय प्रदेश सभा सांसद मुनु सिग्देल, सविंधान सभा सदस्य अनन्त पौडेल, मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी  लगायतले बोल्नुभएको थियो  । 
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालज्यूले भोकै र नाङ्गै सडकपेटी र सार्वजनिकरुपमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरु रहुन्जेल संविधानको पुर्णरुपमा कार्यान्वयन हुन नसक्ने बताउँदै मानवसेवा आश्रम र अन्य केहि संस्थाको प्रयासमा मकवानपुर जिल्लाको सडकपेटी र सार्वजनिक स्थलमा कोहिपनि रहनुनपर्ने अवस्थाको निर्माण भइसकेको र केही गर्न बाँकी भए त्यसलाई पनि सम्पन्न गर्नेगरि आउँदो २५ गतेको समन्वय समितिको बैठकले सहयोगापेक्षी सडकमानव रहित जिल्ला घोषणा कार्यक्रमको लागि मिति तय गर्ने बताउनुभएको छ ।