प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेललाई मानवसेवा आश्रमको सम्मान


महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक राजेदन्द्र पोखरेल इलाका प्रहरी कार्यालय झापा काकडभिक्ताको प्रमुखको रुपमा सरुवा भई जादै गर्दा  काठमाडौं महानगरपालिका र मानवसेवा आश्रमले शुभभावना कार्यक्रम राखेको छ । 

बालाजुस्थित सहेको सहयोगापेक्षी सडकमानवहरुको स्क्रिनिङ सेन्टरमा आयोजित कार्यक्रममा उहाँलाई काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगका सदस्य श्री गुजेश्वरी श्रेष्ठ, कामपा शहरी सुब्यवस्था विभागका प्रमुख हरी बहादुर कुवर एवं मानवसेवा आश्रमका अभियान्ता सुमन बर्तौला लगाएतले शुभभावना व्यक्त गर्नुभएको थियो । 

सुभभावना कार्यक्रममा प्रनाउ राजेन्द्र पोखरेललाई मानवसेवा आश्रमले सम्मान पत्रबाट सम्मान समेत गरेको छ । महानगरीय प्रहरी परिसरमा रहदा देखिनै मानवसेवा आश्रमको गतिविधिलाई नजिकबाट महसुर गरी पुर्याउदै आएको योगदान एवं अभिभावकत्वको उच्च मुल्यांकन सहित सम्मान पत्र प्रदान गरिएको हो । 

यस्तो काठमडौं महानगरपालिकाले समेत बेसहारा, सहयोगापेक्षी सडकमानव मुक्त काठमाडौं घोषणा अभियानको क्रममा पुर्याएको योगदानका कदर गर्दै मयाको चिनो प्रदान गरेको थियो । 

मानवसेवा आश्रमले शुभभावना कार्यक्रममा प्रनाउ राजेन्द्र पोखरेलले आफुलाई मानवताप्रेमी प्रहरी अधिकृतको रुपमा अभियान्ताहरुमाझ आफ्नो पहिचान बनाउन सफल भएको समेत बताएका छन् । 


प्रनाउ पोखलले आफु जहाँ रहेपनि मानवताको पक्षमा दृढ भई काम गर्ने र मानवसेवा आश्रमसँगको सहकार्यलाई सदैव जीवन जीवन्त राख्ने बताउनुभएको छ ।