मकरसंक्रान्तिमा मानवसेवी अभियान्तालाई बालुवाटार बोलाइयो, बेसहारा उद्धारको लागि सरकारले ५ ओटा उद्धार बाहान दिने


माघे संक्रन्तिको अवसर पारेर मानवसेवा आश्रमका अभियान्ताहरुलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले बालुवाटार मै बोलाएर हौसला प्रदान गर्नुभएको छ । उहाँले ५ तारे होटलमा मानवअधिकारको बहस गर्नेहरुलाई मानवसेवा आश्रमले गरिरहेको सेवाले राम्रो संदेश दिएको बताउदैअभियान्ताहरुको खुलेर प्रसंसा गर्नुभएको थियो । 

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको अर्धाङ्गीनि (प्रथम महिला) राधिका शाक्यज्युको निमन्त्रणामा मानवसेवा आश्रमका अभियान्ताहरु प्रम निवास बालुवाटार पुगेका थिए । भेट मकरसंक्रान्ति विशेष रहेको थियो ।

राधिका आमासँग सेवा अनुभवहरु सुनाइरहेका अभियान्ताहरुलाई प्रम आफैल निवासको मथिल्लो तल्लामा बोलाउनुभएको थियो । 
भेटमा सम्माननीय प्रधानमन्त्री केपी शार्मा ओलीज्युले मानवसेवा आश्रमको सेवालाई थप प्रभावकारी बनाउन बेसहारा सहयोगापेक्षीहरुको उद्धार र औषधोपचार र पालनपोषणमा सहयोग पुग्नेगरी ५ ओटा उद्धार बहान उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

बेसहारा, सहयोगापेक्षी सडकमानवहरुको पछिल्लो अवस्था, सेवाका चुनौतिहरु, प्रदेश सरकार र स्थानिय सरकारको भुमिका बारे कुराकानी भएको मानवसेवा आश्रमका अभियान्ता सुमन बर्तौला बताउनुहुन्छ । भेटमा सबै अभियान्ताहरुको परिचय सहित संक्षिप्त सेवा अनुभव सुन्न भ्याउनुभएको प्रमज्युलाई अन्य विशिष्ट पाउनाहरु भेटको लागि आएको खबर प्राप्त भएपछि मन नलागी नलागी जादै गरेको शैलीमा सबैलाई राम्रो सँग सेवा गर्नु भन्दै बैठक कक्षतिर प्रवेश गर्नुभएको थियो । । 

जताततै स्वार्थ नै स्वार्थ देखेर दिक्क हुने गरेको बताउदै राधिका आमाले सामाजिक अभियान्ताहरुलाई भेट्दा स्वयंलाई उर्जा मिल्ने बताउनुभएको थियो । करिब दुई घण्टा प्रम निवास बालुवाटारमा विताएका अभियान्ताहरु राधिका आमा र स्वयं सम्मननीय प्रधानमन्त्रीज्युको व्यवहारबाट प्रभावित भएका छन् । 

बेसहारा, सहयोगापेक्षी सडकमानव रहित नेपाल निर्माण गर्ने लक्ष्यसाथ हाल सात ओटै प्रदेशमा १८ ओटा केन्द्रहरु मार्फत मानवसेवा आश्रमले ९५० बढी खुला आकाशमुनी रात विताउन विवश बेसहारा, सहयोगापेक्षी सडकमानवहरुलाई संरक्षण प्रदान गर्दै आइरहेको छ।