सहयोगापेक्षी सडकमानवमुक्त कार्णाली प्रदेश घोषणाको तयारी सकियो, तस्तो छ कार्यक्रम तालिका


बेसहारा, असहाय, अशक्त, सहयोगापेक्षी सडकमानव मुक्त कर्णाली प्रदेश घोषणाको अन्तिम तयारी सकिएको छ । हाल सडकपेटी एवं सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार कार्य सम्पन्न गरी पुन सडकमा केही आए तत्काल उद्धार गरी सेवा प्रदान गर्ने प्रणाली स्थापित गराई सिंगो कर्णाली प्रदेशलाई बेसहारा सहयोगापेक्षी सडकमानव रहित कर्णाली प्रदेश घोषणा गर्न लागिएको मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजक सृजना ओलीले बताउनुभएको छ । 


भोलि विहान ठिक ११ बजे मंगलगढी चोकबाट घोषणा  र्याली  सुभारम्भ भई १२ बजे जिल्ला समन्वय समितिको सभाहलमा घोषणा सभा हुनेछ । पौष १० गते दोस्रो प्रदेशसभाको अवसर पारेर सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका, प्रदेश प्रहरी कार्यालय र मानवसेवा आश्रमवीच चौपक्षिय सम्झौता भएको थियो । 


मानवसेवा आश्रम देशलाई नै घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र निर्माण गर्ने लक्षराखि हाल मानवीय सेवाको कार्यमा समर्पित हुँदै आइरहेको छ ।