एघार करोड संकलनको लक्ष्य राखि मानवसेवा आश्रमको भवननिर्माण एवं अक्षयकोष स्थापनार्थ बुटवलमा महायज्ञ लगाइने


मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाले आफ्नो भवननिर्माण तथा अक्षयकोषको स्थापना गर्ने लक्ष्य राखि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

आज आश्रमले पत्रकार सम्मेलनमार्फत महायज्ञ मूल आयोजक समिति घोषणा गरेको छ । समाजसेवा र वित्तिय क्षेत्रका अनेकौ अनुभव संगालेका लोकनाथ भूसालको संयोजकत्वमा ५०१ सदस्य रहेको मूल आयोजक समिति, २८ ओटा विभिन्न उपसमितिहरुको आज घोषणा भएको हो । समितिमा माधव नेपाल महासचिव र चिन्तामणि पाण्डे कोषाअध्यक्ष रहनुभएको छ ।

बुटवल उपमहानगरपालिकाकम मेयर शिवराज 
 सुवेदीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा मानवसेवा आश्रम ५ नं. प्रदेश संयोजक रुपा केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रेस विज्ञप्ती प्रस्तुत गर्नुभएको थियो । एघार करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको र यो सबैको स्वेच्छिक सहयोगबाट संकलन हुने विज्ञप्तीमा बताइएको छ । 

समिति घोषणा तथा पत्रकार सम्मेलनमा बोल्नुहुँदै बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले मानवसेवा आश्रमले मानवता प्रवर्द्धनको लागि अत्यन्त महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै बुटवल उपमहानगरपालिका क्षेत्रभित्र कोहीपनि मानिस भोकै र नाङ्गै रहनुनपर्ने नगर घोषणा भइसकेको बताउनुभएको छ । 

मेयर शुवेदीले महायज्ञ दाता पहिचान मूल समितिको पहिचानभित्र परे गर्व गर्नुपर्ने बताउदै सम्पुर्ण बुटवलवासीलाई यस परोपकारी कार्यमा जुट्न समेत आव्हान गर्नुभयो ।

मानवसेवा आश्रम २०८२ सालभित्र नेपाललाई नै सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन) सडकमानव रहित राष्ट्र नेपाल निर्माण गर्र्ने लक्ष्य सहित अघि बढिरहेको छ । देशका सम्पूण (सातै) प्रदेशमा शाखा १९ ओटा शाखा रहेको मानवसेवा आश्रमको बुटवलको सुख्खानगरमा  २ ओटा सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छ, जहाँबाट १३० जनाले आजको दिनमा संरक्षण लिइहेका छन् । 
  यस भवननिर्माण कार्य सम्पन्न भइसकेपश्चात् ५ नं. प्रदेशका सम्पूर्ण बेसहारा सहयोगापेक्षीहरुलाई संरक्षण प्रदान गर्न सकिने छ ।