मानवसेवी अभियान्ता सरु अधिकारीलाई बुटवल जेजीस उत्कृष्ट युवा पुरस्कार


मानवसेवी अभियान्ता सरु अधिकारीलाई बुटवल जेजीस उत्कृष्ट युवा पुरस्कार प्राप्त भएको छ । 

मानवसेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरुलाई बुटवल जेसीस उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको छ । 
बुटवल जेसीस र बुटवल महिला जेसिसको संयुक्त पदास्थापना कार्यक्रममा अभियान्ता सरुलाई सम्मान गरिएको हो । सरु विगत डेढ बर्षदेखी मानवसेवा आश्रममा समर्पित भई सेवा गरिरहनुभएको छ । हाल उनी मानवसेवा आश्रम रुपन्देही जिल्लाको जिल्ला संयोजक समेत हुनुहुन्छ । हाल मानवसेवा आश्रम रुपन्देही शाखामा १३० जना बेसहारा सहयोगापेक्षी सडकमानवहरुले संरक्षण दिइरहेका छन् ।